जी-२० सम्मेलन विश्वका शक्तिशाली नेताहरूको जमघट दिल्लीमा
जी-२० सम्मेलन विश्वका शक्तिशाली नेताहरूको जमघट दिल्लीमा

— रुस-युक्रेन युद्धको विषयमा जी-२० का सदस्य राष्ट्रहरूबीच एकै खालको धारणा नहुँदा साझा वक्तव्य नआउने आशंकाबीच आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र लगभग तयार भइसकेको जनाएको छ ।


शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतका तर्फबाट जी-२० मा नेगोसिएसनमा रहेका शेर्पा अमिताभ कान्तले घोषणापत्र तयार रहेको र नेताहरुबाट अनुमोदन मात्रै बाँकी रहेको दाबी गरेका हुन् । उनले घोषणपत्र समावेशी, महत्वाकांक्षी र धेरै दृष्टिकोणबाट निर्णायक हुने बताए । उनले घोषणापत्र वैश्विक दक्षिण(ग्लोबल साउथ) र विकासशील देशहरुको आवाज बोल्ने उल्लेख गरे ।

उनले शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको र शनिबार बिहानैबाट नेताहरुको बैठक सुरु हुने पनि बताएका छन् ।

जी-२० बैठकमा अमेरिका, यूरोपियन युनियनसहितका देशहरु रुस युक्रेनको युद्धको सन्दर्भ उठाएर जी-२० को मञ्चबाट रुसलाई घेर्न खोजेका छन् । तर, रुस र चीन त्यसको विरोधमा छ । भारत पनि रुसको विरोधमा जी-२० को मञ्चलाई प्रयोग हुन नदिने मनसाय देखाउँदै आएको छ । जी-२० का हरेक सदस्यसँग भिटो पावर रहेको भन्दै भारतीय अधिकारी कान्तले हरेक मुद्दामा सबै देशलाई सर्वसम्मत गराउनु चुनौतिपूर्ण रहेको उनले बताए । हरेक एक देशलाई एकमत बनाउन र एकसाथ ल्याउन प्रयास गरिएको उनले बताए ।

मुख्य रुपमा युद्धकै विषयमा कायम विमतिहरूले साझा वक्तव्य नआउने हो कि भन्ने आशंकाहरु गरिएको हो । रुस र चीनका राष्ट्रपति दिल्लीको शिखर सम्मेलनमा आएका छैनन् । अध्यक्षराष्ट्र भारतको प्रस्तावमा जी-२० मा अफ्रिकी संघलाई सामेल गराउने विषयमा सहमति जुटिसकेको छ । भारतको प्रस्तावमा सबै सदस्यहरुले समर्थन जनाइसकेको र त्यसले सम्मेलनबाट औपचारिक रुप लिने बताइएको छ ।

भारतले शिखर सम्मेलनका क्रममा 'वसुधैव कुटुम्बकम' अर्थात विश्व एक परिवार हो भन्ने सन्देश जी-२० सम्मेलन मार्फत दिन चाहेको कान्तले बताए । यद्यपि भारतको यस नारालाई लिएर चीनले असन्तुष्टि जनाएको छ ।

जी-२० का सदस्य राष्ट्रका प्रमुखहरु दिल्ली आउने क्रम शुक्रबार बिहानैदेखि छ । शनिबार र आइतबार (सेप्टेम्बर ९ र १०) का दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली आइपुगेका छन् । अमेरिकाका राष्ट्पति जो बाइडेन साँझ अवतरण गर्दैछन् ।

शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...