वुमेन्स ट्वान्टी–२० विश्वकप छनोट नेपालको ग्लोबल छनोटको सपना समाप्त
वुमेन्स ट्वान्टी–२० विश्वकप छनोट नेपालको ग्लोबल छनोटको सपना समाप्त

— नेपाल आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । जितका लागि १ सय ६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।


हारले नेपालको वेमेन्स ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको छ । मलेसियामा भएको खेलमा नेपालका सुरुआत कमजोर रह्यो र टिमले आठ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको थियो ।

नेपालका लागि कविता जोशीले १०, अप्सरी बेगमले १० तथा कविता कुँवरले १७ रन बनाए । कविताको प्रदर्शन मात्र केही उल्लेखनीय रह्यो । उनले २० बलको सामना गरेर दुई चौका पनि प्रहार गरिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले २० ओभरमा दुई विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । त्यसमा नानपाट कोन्चारोएनकाइले उत्कृष्ट अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् र नटआउट रहिन् ।

उनले ६३ बलको सामना गरेर चार चौका पनि प्रहार गरिन् । यस्तै, नथाकन चन्थमले ३१ र चनिदा सुतिरुआङले नटआउट ११ रन बनाए । दोस्रो विकेटका लागि कोन्चरोएनकाइ र चन्थमले ६८ रनको साझेदारी गरे । नेपाली बलरमध्ये कविता कुँवर र पूजा महतोले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...