रेल चढेर पुटिन भेट्न रुस हिँडे किम
रेल चढेर पुटिन भेट्न रुस हिँडे किम

— उत्तर कोरियाली नेता किम जोङ उन रुसतर्फ लागेको समाचार सार्वजनिक भएका छन् । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले आइतबार किम एक विशेष रेलमा रुसतर्फ लागेको जनाएको छ । सरकारी अधिकारीलाई उद्धृत गर्दै योन्हापले लेखेको छ, 'जासुसी संस्थाहरूका अनुसार किम जोङ उन भ्लादिभोस्तोकतर्फ लागेको विश्वास गरिएको छ ।' प्योङयाङले भने नेता किमको रुस भ्रमणका बारेमा अहिलेसम्म केही जानकारी सार्वजनिक गरेको छैन । मंगलबार नेता किमले रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताइएको छ ।

यसअघि न्युयोर्क टाइम्सले समेत किम पुटिनसँगको शिखर वार्ताका लागि बख्तरबन्द रेलमा भ्लादिभोस्तोक जाने तयारीमा रहेको उल्लेख गरेको थियो । अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दाबी गरेका थिए । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने अमेरिकी अधिकारीले चेतावनीसमेत दिएका छन् ।

युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँगमिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । अमेरिका, दक्षिण कोरिया र जापानबीच सुरक्षा सहकार्य भइरहेका बेला उत्तर कोरियाले पनि मस्कोसँग सैन्य सहकार्यको प्रयास गर्दै आएको हो ।

कोभिड महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् भने झन्डै साढे ४ वर्षपछि रुस गएका हुन् । किमको पछिल्लो विदेश भ्रमण रुसको भ्लादिभोस्तोक नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...