एसियाडमा सहभागी टोलीको प्रधानमन्त्रीद्वारा बिदाइ
एसियाडमा सहभागी टोलीको प्रधानमन्त्रीद्वारा बिदाइ

: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई बिहीबार सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।


बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे।

खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु। मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ।’

प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटन अघि चीन पुग्ने कार्यक्रम रहेको छ। चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ। उक्त प्रतियोसगतामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री दाहालले बिदाइ गरेका हुन्।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पनि खेलाडीलाई सफलताको शुभकामना प्रदान गरे। सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरूको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गरेका हुन्। एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद् नतिजा आउने सदस्यसचिव घिसिङले बताएका छन्।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्। नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीको सहभागिता रहनेछ।

त्यस्तै, फेन्सिङमा छ, फुटबलमा २२, गल्फमा छ, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, करातेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, टेबल टेनिसमा छ, तेक्वान्दोमा ११, टेनिसमा छ, ट्रायथलनमा चार र भलिबलमा २४ खेलाडी सहभागी छन्। भारोत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ। बिहीबार भएको बिदाइ कार्यक्रममा भने विभिन्न १९ खेलका खेलाडीमात्र सहभागी थिए। बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणमा छन्।

परिषद्ले लगायो खेलाडीको टुंगो

राष्ट्रिय खेलकुद परिषद्को ११७औं बोर्ड बैठक बिहीबार बसेको छ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ। २९ खेलका १ सय २७ महिला र १ सय २६ पुरुष गरी २ सय ५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो। यस्तै बैठकले कर्मचारीको बढुवासम्बन्धी पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ। लामो समयदेखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरी अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...