मेसीबिनै अर्जेन्टिनाको प्रभावशाली जित
मेसीबिनै अर्जेन्टिनाको प्रभावशाली जित

: अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसीबिनै सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा प्रभावशाली जित निकालेको छ। विश्वकप विजेता अर्जेन्टिनाले बुधबार भएको छनोट खेलमा बोलिभियालाई ३–० गोलले पराजित गरेको हो।


समुन्द्र सतहभन्दा तीन हजार ६ सय मिटरमाथि रहेको बोलिभियाको राजधानी लापाजमा भएको खेल अर्जेन्टिनाले तुलनात्मक रुपमा सहज जित निकालेको हो। यसअघिका खेलमा चुनौतीपूर्ण नतिजा निकाल्दै आएको अर्जेन्टिनाले कप्तान एन्जल डी मारियाको उत्कृष्ट प्रदर्शनमा बोलिबियामाथि सहज जित निकालेको हो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले एन्जो फर्नान्डेजको गोलमा अग्रता लिएको थियो।

उनले कप्तान डी मारियाको पासमा गोल गरेका थिए। रोबर्टो फर्नान्डेजले पहिलो हाफमै रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। ४२औं मिनेटमा निको टाग्लियाफिकोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ८३औं मिनेट निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए।

यस्तै अर्को खेलमा ब्राजिलले घरेलु टोली पेरुलाई १–० गोलले हरायो। ब्राजिलको संघर्षपूर्ण जितमा मार्किन्हसले ९०औं मिनेटमा गोल गरेका थिए। मार्किन्हसले नेमारको कर्नरलाई सदुपयोग गर्दै हेड गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...