मुख्य समाचार
'एचपिभी’ खोप अभियान सुरु
'एचपिभी’ खोप अभियान सुरु

: किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’अभियान बुधबारबाट सुरु भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोप अभियानको सुरुवात गरेका हुन्।


कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिकरूपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको बताए। ७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै उनले हाललाई २० हजार भाइल खोप आइपुगेकाले त्यसबाटै अभियान सुरुवात गरिएको जानकारी दिए। पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जिवन बचाउन सरकार संवेदनशिल रहेको उनको भनाई छ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्नेगरी खोप उपलब्ध गराइदिन प्रस्ताव गरेको बताइन्। उनले एक वर्षभित्र सबैका लागि खोप आइपुग्ने जानकारी दिइन्। सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ को मृत्यु भएको छ। पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये तीनजनालाई थप उपचारका लागि आइतबार बिहानै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला ...
: चिकित्सा शिक्षामा स्नातक तह एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये दुईतिहाइभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मंगलबार र बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना ...
— मृगौला फेल भएका बिरामीको उपचारका लागि भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किएका छन् । बाराको महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई दूतावासले स्वास्थ्य मन्त्रालय मार्फत अनुदान स्वरुप उपलब्ध गराएका तीन/तीन वटा हेमोडायलाइसिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा थन्किएका हुन् । भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभावले मेसिन सञ्चालनमा ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकालका स्वास्थ्य ...
— एक सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमा खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । ‘नेपालीले सहज रूपमा उपचार पाउन सकेको छ वा उपचारका निम्ति कति पैसा खर्च गर्नु परेको छ ? मानौं एक नेपालीले १ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमै खर्च गर्नु परेको ...
। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम ...