आइफोन १५ सार्वजनिक, क्यामेरादेखि चार्जरसम्मको बदलाव
आइफोन १५ सार्वजनिक, क्यामेरादेखि चार्जरसम्मको बदलाव

: आइफोन १५ सार्वजनिक भएको छ। एप्पलले मंगलबार आइफोन १५ सिरिजअन्तर्गतका नयाँ मोडलहरू सार्वजनिक गरेको हो। जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स छन्।


एप्पलले आइफोन १५ सिरिजमा धेरै बदलाव गरेको छ। उसले यसअघिको लाइटनिङ चार्जिङ पोर्ट हटाएको छ । त्यसको ठाउँमा सी पोर्ट चार्जिङ राखिएको छ। पछिल्लो समय एन्ड्रोइड फोनहरूमा सी पोर्ट चार्जिङ राखिएको हुन्छ। चार्जिङका सहजता ल्याउनका लागि एप्पलले पनि लाइटनिङलाई हटाएर सी पोर्ट चार्जिङ पोर्ट राखेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

पछिल्लो समय क्रियटरहरूले आइफोनबाट भिडियो बनाउने गरेका छन्। उनीहरूका लागि एप्पलले क्यामेरालाई झन् स्तरीय बनाएको छ। आइफोन १५ मा ४८ मेगापिक्सलको क्यामरा जडान गरिएको छ। जसबाट तस्बरको गुणस्तर झनै राम्रो हुने कम्पनीको विश्वास छ। कम प्रकाश र फोकसलाई पनि क्यामेरामा प्राथमिकतामा दिइएको छ।

त्यस्तै आइफोन १५ को साइज ६.१ इन्च रहेको छ भने आइफोन १५ प्लसको ६.७ इन्च रहेको छ। यसपटक आइफोन गुलाबी, पहेँलो, हरियो, निलो र कालो रंगमा उपलब्ध हुनेछ।

एप्पलले आइफोन १५ को बजार मूल्य ७९९ डलर राखेको छ। जबकि आइफोन १५ प्लसलाई ८९९ डलर मूल्य राखेको छ। त्यस्तै आइफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र आइफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर राखिएको एप्पलले जनाएको छ।

एप्पलले आइफोन १५ का सबै सिरिज खरिदका लागि प्रिअर्डर खुला गरेको छ। यद्यपिमा बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...