मुख्य समाचार
जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार, जापानको गम्भीर आपत्ति
जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार, जापानको गम्भीर आपत्ति

: प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बुधबार जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्। उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति जनाएको छ। दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो।’


प्रहरी स्रोतका अनुसार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो। त्यसबेला उक्त सडक भई गुडिरहेका सवारी साधनलाई प्रहरीले सुरक्षा प्रयोजनार्थ रोकेको थियो।

त्यही समय, त्यही सडक हुँदै जाइका प्रमुख आकिमिचु कार्यालयबाट निवासतर्फ गइरहेका थिए। उनको गाडी पनि निकैबेर अलि परै रोकियो। स्थिति साम्य भएको भन्दै प्रहरीले गाडी खोलेपछि उनको गाडी पनि अगाडि बढाइएको थियो। ‘त्यो इलाका कट्ने क्रममा उनको गाडीमा प्रदर्शनकारीले हानेको ढुंगा बज्रिन पुग्यो। त्यसका कारण फुटेको सिसा र ढुंगाका टुक्राले जाइका प्रमुखको अनुहारमा लाग्यो।’ उनको ओठमा ठूलो चोट लागेको स्रोतले बतायो।
उनलाई गाडीभित्रै रगताम्य भएको देखेपछि प्रहरीले सुरक्षा दिई त्यहाँबाट अघि बढाइदिएको थियो। आकिमिचु आफैं अस्पताल पुगे। स्रोतका अनुसार उनको ओठमा भित्र–बाहिरै टाँका लगाइएको छ।

जापानी दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ। नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ।’

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो । यस्तै इरान पनि विश्वकप छनोटको संघारमा पुगेको छ । उसले किर्गिस्तानलाई ३–२ ले हरायो । इरान समूह ‘ए’ मा ...
। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् । फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का ...
— जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् । प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर ...
काठबाट बनेको विश्वकै पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भविष्यमा चन्द्रमा तथा मंगल ग्रहलगायतका अन्तरिक्ष अन्वेषणमा नवीकरणीय निर्माण सामग्रीको रुपमा काठको उपयोगिताको परिक्षणका लागि उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । जापानी अनुसन्धानकर्ताहरुले निर्माण गरेको सो काठे स्याटेलाइटको तौल जम्मा ९ सय ग्राम छ । स्पेस एक्स मिसनमार्फत् प्रक्षेपित उक्त स्याटेलाइट अन्तराष्ट्रिय स्पेस स्टेसनतर्फ अघि बढेको ...