। स्थानिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ ।
घरुल मैदान स्टाडियो ओलम्पिको लुइस कापान्यामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेलको २५औं मिनेटमा जाआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ३२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि फेरान टोरेसले ६२औं, राफिन्हाले ६६ औं र जाआओ कान्सेलोले ८१औं मिनेटमा गोल गरे ।
जितपछि ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लिएको छ ।
रियलको ४ खेलबाट १२ अंक छ र बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ । एप्लेटिक बिल्बाओले पनि क्याडिजलाई ३-० ले नै हरायो ।