मुख्य समाचार
बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना
बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना

लण्डन । युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना तोकेको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको विभिन्न उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाउन भनेको हो ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न सुरु गरेको थियो ।

यसले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि टिकटकको उमेर प्रमाणीकरण विधिहरू पनि हेर्दा कुनै उल्लङ्घन फेला पारेन । तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।

टिकटकका संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरू छन् । यो खासगरी युवाहरू माझ अत्यन्त लोकप्रिय छ ।

जरिवानाको जवाफमा टिकटकले फैसलासँग सम्मानपूर्वक असहमत जाहेर गरेको छ । उसले कसरी अगाडि बढ्ने भन्ने बारे सोचविचार गरिरहेको प्रतिक्रिया दिएको छ ।

‘डीपीसीको आलोचना तीन वर्ष पहिलेको सुविधा र सेटिङ्समा केन्द्रित छ, र यो हामीले अनुसन्धान सुरु हुनभन्दा पहिले नै परिवर्तन गरेका थियौं,’ टिकटकका प्रवक्ताले एएफपीसँग भनेका छन् । एएफपीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...
। एप्पलको लोकप्रिय एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत आफ्नो टिभी एप लन्च गरेको हो । एप्पल टिभी एप्पलको स्ट्रिमिंग प्लाटफर्म हो । साधारणतया एप्पलले एन्ड्रोइडका लागि एप लन्च गर्दैन । कम्पनीले केवल आइओएस तथा म्याक ओएसका लागि मात्रै आफ्ना प्रडक्ट केन्द्रित गर्दछ । ...
— नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई ‘एथेना’ नामक चन्द्रमामा बनाइएको बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने ...