मुख्य समाचार
क्यानडामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतको आग्रह
क्यानडामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतको आग्रह

: भारत सरकारले क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। बु्धबार भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका भारतीय नागरिक र विद्यार्थीहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो।


खालिस्थानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर दुई देशबीच तनावको स्थिति सृजना भएपछि क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन भारतले एडभाइजरी जारी गरेको हो।

यसअघि मंगलबार राति क्यानडाले पनि भारतमा रहेका आफ्ना नागरिकहरूलाई उच्चसतर्कता अपनाउन एडभाइजरी जारी गरेको थियो।

क्यानडाले आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै भारतमा अति सावधानी अपनाउनु भन्दै अतिआवश्यक कामबाहेक क्यानडाविरोध गतिविधि हुने स्थानको भ्रमणमा नजान भनेको थियो।

विशेषगरी विद्यार्थीहरूलाई अत्याधिक सावधानी अपनाउन र सतर्क रहन भारतले अनुरोध गरेको छ। भारतले जारी गरेको एडभाइजरीमा भनिएको छ,'क्यानडाले दिएको धम्कीले भारतीय समुदायलाई निशाना बनाइएको छ। यी धम्कीहरूले विशेषगरी भारत विरोधी एजेन्डाको आलोचना गर्नेहरूलाई लक्षित गरेको छ। यसकारण क्यानडामा भारतविरोधी घटना भइरहेको क्षेत्र र संभावित स्थानहरूमा यात्रा नगर्न अनुरोध छ।'

यसअघि मंगलबार कूटनीतिज्ञलाई देश निकाला गर्न दुई देशबीच प्रतिष्पर्धा नै चलेको थियो। क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

भारत सरकारले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ। गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए। उनको मृत्य विवादले दुई देशबीच तनावको स्थिति सृजना भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...