पकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिममा
पकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिममा

। पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति जारी गर्दै बहुप्रतिक्षित निर्वाचन जनवरीको अन्तिम हप्तामा हुने जनाएको हो । तर मतदानको निश्चित मिति भने तोकिएको छैन ।

घोषणा भएको समयमा चुनाव भए करिब १२ करोड ७० लाख मतदाताले पाँच वर्षको कार्यकालका लागि नयाँ सरकार चयन गर्न मतदान गर्ने आयोगले बताएको छ ।

प्रधानमन्त्री अन्वारुल हक कक्कडको नेतृत्वमा अन्तरिम सरकारले ९ अगस्टमा राष्ट्रिय सभा भनेर चिनिने तल्लो सदन विघटन गरेपछि सरकार सञ्चालन गरिरहेको छ ।

राष्ट्रपति आरिफ अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज शरिफको सल्लाहमा राष्ट्रिय सभा भंग गरेका थिए । त्यसपछि संवैधानिक व्यवस्थाअनुसार ९० दिनभित्र राष्ट्रिय चुनावका लागि मतदानको बाटो खुला गरेका थिए ।

निवर्तमान सरकारले असारमा निर्वाचन नियमावलीमा संशोधन गर्दै निर्वाचन आयोगलाई स्वतन्त्र रूपमा निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिइएको थियो ।

प्रधानमन्त्री र सबै प्रदेशका मुख्यमन्त्रीहरू मिलेर बनेको संवैधानिक परिषद्ले गत महिना नयाँ राष्ट्रव्यापी जनगणनाको विवादास्पद नतिजालाई अनुमोदन गरी तोकिएकै समयमा निर्वाचन नहुने निश्चित भएको छ ।

जारी विज्ञप्तिअनुसार निर्वाचन आयोगलाई पछिल्लो जनगणना अनुसार देशमा नयाँ निर्वाचन क्षेत्र घोषणा गर्न कम्तिमा चार महिना लाग्ने छ ।

आयोगले सेप्टेम्बर २७ मा प्रारम्भिक निर्वाचन क्षेत्र सार्वजनिक गर्ने छ । जुन सूचीमा दलहरुले दाबी विरोध गर्न पाउने छन् । त्यसपछि आयोगले सच्याएर नोभेम्बर ३० मा निर्वाचन क्षेत्रको अन्तिम सूची सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...