मुख्य समाचार
सहमतिबिना अनिल कपुरको तस्वीर र आवाज प्रयोग नगर्न अदालतको आदेश
सहमतिबिना अनिल कपुरको तस्वीर र आवाज प्रयोग नगर्न अदालतको आदेश

। बलिउड अभिनेता अनिल कपुरले हालै आफ्नो व्यक्तित्व अधिकारको सुरक्षा माग्दै दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमा अभिनेताले अनुमतिबिना आफ्नो नाम, आवाज, छवि र उपनाम प्रयोग गर्न विभिन्न संस्थाहरूलाई प्रतिबन्ध लगाउन माग गरेका थिए ।

उनले सामाजिक सञ्जालमा आफ्नो नाममा प्रयोग भइरहेका कुराप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसले आफ्नो छवि बिगार्ने र व्यक्तित्वलाई असर गर्ने उनको विश्वास छ । अब अदालतले पनि अनिल कपुरको पक्षमा फैसला सुनाएको छ ।
बुधबार दिल्ली उच्च अदालतले अभिनेताको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनको सहमतिबिना उनको नाम, छवि वा आवाज प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अदालतले कुनै पनि व्यक्तिको नाम, आवाज, छवि वा संवाद गैरकानुनी रूपमा प्रयोग गर्न नपाइने बताएको छ ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश प्रतिभा एम सिंहले भनिन्, ‘धेरै मानिस आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर अरुको व्यक्तिगत जीवनमा हस्तक्षेप गरिरहेका छन् । सेलिब्रेटीलाई पनि गोपनीयता कायम राख्ने अधिकार छ । धेरै मानिसको जीविकोपार्जन एक सेलिब्रेटीको इन्डोर्समेन्टमा निर्भर हुन्छ । यसलाई अवैध रूपमा प्रयोग गर्न अनुमति दिएर बिगार्न सकिंदैन ।’



कपुरको यो निवेदनमा जोन, डजजस्ता सामाजिक सञ्जालमा उनको नामको सुरुवाती अक्षर एके वा संक्षिप्त नाम लखन, मिस्टर इन्डिया, मजनु भाइ र झक्काजस्ता अभिनय गर्ने पात्रको नामको दुरुपयोग गरिएको छ ।

यति मात्र होइन, सार्वजनिक र व्यावसायिक प्रयोजनका लागि उनीहरुको नाम, तस्वीर वा अन्य व्यक्तिगत परिचय अवैध रूपमा प्रयोग भइरहेको छ । जुन उनीहरुको अनुमति वा जानकारी बिना नै भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए । राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म ...
। यस्तो वेब सिरिज जसको एउटा एपिसोड यति महंगो भएको बताइन्छ कि यो धेरै बलिउड फिल्मभन्दा बढी हो । तपाईंले सुन्नभएको होला ‘द लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ । यसलाई इतिहासको सबैभन्दा महंगो टिभी शो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस शोको पहिलो सिजन सन् २०२२ मा अमेजन प्राइम भिडियोमा प्रिमियर ...
। भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ । सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् । दयानन्द शेट्टीको कालो आँखाको क्लोज–अप शटबाट ...
। भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ । नेपालका तीन ठूला वितरण कम्पनीले संयुक्तरुपमा यो फिल्मको वितरण अधिकार खरिद गरेका छन् । ए-एट्, डीसीएन र आरआर फिल्म्सले फिल्मको डिष्ट्रिब्युसन राइट न्यूनतम ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु)मा खरिद गरेका हुन् । आउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ ...
। बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् । सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन, नवौंमा दीपिका पादुकोण र दशौंमा होयोन जंग ...