मुख्य समाचार
क्यानडाका तीन सहरमा गुञ्जिंदै नेपथ्य
क्यानडाका तीन सहरमा गुञ्जिंदै नेपथ्य

। चर्चित लोकरक ब्याण्ड नेपथ्यले क्यानडामा पहिलो सांगीतिक टुर गर्ने भएको छ । आगामी अक्टोबर १ मा क्यानडाको क्यालगरी सहरबाट कन्सर्ट सुरु हुने नेपथ्यले जनाएको छ ।

त्यसपछि अक्टोबर ४ मा भ्यानकुभरमा कन्सर्ट हुनेछ भने अक्टोबर ८ मा क्यानडाको प्रमुख सहर टोरन्टोको विश्वविख्यात कार्यक्रम स्थल म्यासी हलमा प्रस्तुति दिएसँगै सांगीतिक टुरको समापन हुनेछ ।

सन् १८९४ मा खुलेको म्यासी हल त्यसको सय वर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१ मा मुलुककै राष्ट्रिय ऐतिहासिक स्मारकमा सूचीकृत भएको थियो । त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

क्यानडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य मुलुक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह सोमबार लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भएका छन् । यसै क्रममा फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथा गरी ५ विधामा ओस्कर अवार्ड हात पारेको छ । मिकी मेडिसनले फिल्म ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । वाल्टर सेलिजको फिल्म 'आई एम स्टिल हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट सिनेमाटोग्राफी फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले पाएका छन् । लाइभ एक्सन सर्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । यसैक्रममा उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको ओस्कर अवार्ड कोरली फारगेटको फिल्म 'द सब्सटेन्स'ले पाएको छ । उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्स गरी दुई विधाको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् । अभिनेता कीरन कल्किनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् । उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म ...