मुख्य समाचार
‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता
‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

। चार वर्षको लामो ब्रेकपछि ‘पठान’सँगै शाहरुख खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचिरहेको छ । पहिले ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन् । ‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको लागि सर्वकालिन ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।

भारतीय बक्स अफिसमा अहिलेसम्म ४४२.७३ करोड भारु कमाएको ‘जवान’ले विश्वब्यापी जवान ७०० करोड भारुभन्दा बढीको व्यापार गरेको छ । शाहरुखसहित, नयनतारा र विजय सेतुपति अभिनित र एट्ली निर्देशित ‘जवान’ फिल्म बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ । ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।

सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख बलिउडको बादशाह हुन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका छन् ।

‘पठान’ले जम्मा ५४३.०५ करोड भारु र ‘जवान’ले मात्र ३ दिनमा २०० करोड भारुको आँकडा पार गर्न सक्यो । ‘जवान’ले दोस्रो सातापछि ४७९.९९ करोड भारु कमाउन सफल भएको छ । योसँगै शाहरुख भारतीय बक्स अफिसमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।



सन् २०२३ मा दुई फिल्मबाट १०२३.०४० करोड भारु कमाउँदै शाहरुख बक्स अफिसका राजा बने । यदि हामीले शाहरुखलाई अन्य कलाकारसँग तुलना गर्ने हो भने, जहाँ अक्षय कुमारले २०१९ मा चारवटा रिलिजका साथ बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाए ।

अब शाहरुखले अक्षयको कीर्तिमान तोडेर सबैभन्दा धेरै कमाउने अभिनेताको उपाधि आफ्नो हातमा लिएका छन् । कमाईको मामिलामा शाहरुखले रणवीर सिंह, सलमान खान र सनी देओललाई पछि पारेका छन् ।

चाखलाग्दो कुरा के छ भने ‘जवान’ले दुई सातापछि पनि दर्शकलाई हलसम्म ल्याउन सफल भैरहेको छ । फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा नगरी राम्रो कमाई गर्न सफल भएको छ । तेस्रो साताको अन्त्यसम्ममा फिल्मले ५५० करोड भारुको आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह सोमबार लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भएका छन् । यसै क्रममा फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथा गरी ५ विधामा ओस्कर अवार्ड हात पारेको छ । मिकी मेडिसनले फिल्म ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । वाल्टर सेलिजको फिल्म 'आई एम स्टिल हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट सिनेमाटोग्राफी फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले पाएका छन् । लाइभ एक्सन सर्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् । यसैक्रममा उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको ओस्कर अवार्ड कोरली फारगेटको फिल्म 'द सब्सटेन्स'ले पाएको छ । उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्स गरी दुई विधाको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट ...
— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् । अभिनेता कीरन कल्किनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् । उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म ...