। एसियाली खेलकुदको महिला फुटबलमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ ।
चीनको हाङझाउमा भएको खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको हो ।
खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो ।
भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।
यसअघि भियतनासँग दुई पटक खेलेको नेपाल लगातार तेस्रो पटक पराजित भएको हो । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल रहेको यो समूहमा पूर्व विश्वविजेता जापानसहित बंगलादेश पनि छन् ।