मुख्य समाचार
चीन उड्नु अघि कप्तान रोहित पौडेलले भने : सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं
चीन उड्नु अघि कप्तान रोहित पौडेलले भने : सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै नपाएको बताएका छन्। एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार क्यानले काठमाडौंमा गरेको बिदाइ कार्यक्रमपछि पत्रकारसँग उनले सरकारले घोषणा गरेको रकम अहिलेसम्म आइनसकेको गुनासो गरेका हुन्।


पौडेलले अझै पनि आफूहरु रकम आउनेमा आशावादी रहेको जिकिर गरे। उनले भने, ‘अहिलेसम्म आएको छैन। हेरम् अब, भनेको त धेरै भइसक्यो अहिलेसम्म आएको छैन। होपफूल्ली आउँछ। कति पटक भनिसक्नुभएको छ, अहिलेसम्म आएको छैन।’

एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घोषणा गरेको पुरस्कार अर्को मन्त्रिपरिषद् बैठकले निकासा गरेर छिट्टै दिने प्रतिबद्धता जनाएका थिए।

पौडेललेले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले तयारी राम्रो गरिरहेको दाबी गरे। उनले कुनै पनि टोलीलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तयारी अहिले राम्रो भइरहेको छ, हामी अभ्यासमा नै व्यस्त छौँ। एसियन गेम्सलाई लिएर सबैजना उत्साहित हुनुहुन्छ। हाम्रो मुख्य लक्ष्य मेडल जित्नै नै हो। टी-२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ। हामी टी-२० का लागि पनि तयार छौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...