मनास्लु स्याउ प्रवर्द्धन गर्न जुटिन हिमाल आरोही नाङ्साल छोदेन
मनास्लु स्याउ प्रवर्द्धन गर्न जुटिन हिमाल आरोही नाङ्साल छोदेन

: मनास्लु स्याउ प्रवर्द्धन गर्न हिमाल आरोही नाङ्साल छोदेन जुटेकी छन्। विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी छोदेनले हिमशिखरमा मनास्लुमा स्याउ अंकित पोस्टर पुर्‍याएकी छन्।


आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले स्थानीय कृषि उत्पादनलाई बढवा दिने उद्देश्यले हिमशिखरमा मनास्लु स्याउ अंकित पोस्टर राखेर तस्बिर खिचाइन्।​

उनले भनिन्, ‘मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउ भनेर गाउँपालिकाले पनि ब्राण्डिङ गर्ने निर्णय गरेको हुँदा मैले मनास्लु स्याउलाई महत्व दिएको हुँ।’

मनास्लु ब्राण्ड कुनै खास कृषि फारामको मात्र उत्पादन नभै मनास्लु क्षेत्रमा उत्पादन हुने सबै स्याउको ब्राण्डलाई विश्वमा चिनाउन खोजेको उनको भनाइ छ। कुनै व्यक्तिगत लाभका लागि नभै गाउँपालिकाको उद्देश्य र आफ्नो गाउँ ठाउँको कृषि उत्पादनलाई प्रचार गर्ने पवित्र भावनाले यसो गरेको उनको भनाइ छ।

चुमनुब्री गाउँपालिकाको गत असार १० गते सम्पन्न गाउँसभाले मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउको नामले ब्राण्डिङ गर्ने निर्णय गरेको थियो। आठ हजार मिटर अग्लो हिमालको शिखरबाट कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उनी पहिलो महिला आरोही बनेकी छन्।

उनले आफ्नो चुमनुब्री गाउँपालिकाको व्यानरको पनि हिमशिखरमा तस्बिर खिचाएकी छिन्। आफ्नो गाउँपालिकाको नामलाई सम्मानका साथ उचाइमा पुर्‍याउन गाउँपालिकाको ब्यानर हिमशिखरमा पुर्‍याएको उनको भनाइ छ।

मनास्लुको फेदी, सामागाउँकी २५ वर्षीया नाङ्साल छोदेनले आइतबार बिहान विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...