२ करोड डलर अनुदान स्वीकृत
२ करोड डलर अनुदान स्वीकृत

: विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न दुई करोड डलर अनुदान स्वीकृत गरेको छ। विश्व बैंकको अमेरिकास्थित वासिङ्टनडिसी प्रधान कार्यालयले शुक्रबार उक्त अनुदान स्वीकृत गरेको हो। उक्त स्वीकृत डलर रकम हालको विदेशी विनिमय दरअनुसार नेपालीमा करिब २ अर्ब ६५ करोड २६ लाख रुपैयाँ हाराहारी देखिन्छ।


विश्व बैंकका अनुसार उक्त अनुदान नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा बढी साना किसानलाई कृषि उत्पादकत्व, पोषण अभ्यास र जलवायु–स्मार्ट कृषि अभ्यास गर्नमा लक्षित हुनेछ।

यसैक्रममा माल्दिभ्स, नेपाल र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोस भन्छन्, ‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो,’ यसले उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग गर्ने उनको भनाइ छ।

यो परियोजनाले जलवायु, पोषण सुरक्षा सुधार, स्मार्ट कृषि प्रविधि अनुकूलन, आय उत्पादनलगायतलाई समेट्ने बताइएको छ। यसले सन् २०२४ जुनमा सकिने खाद्य र पोषण सुरक्षा संवद्र्धन परियोजनाको सफलतालाई समेत सघाउने अपेक्षा गरिएको छ।

विश्व बैंकको प्रोजेक्ट टास्क टिम लिडर करिश्मा वस्तीका अनुसार ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी प्रोग्राम ट्रस्ट कोषको अनुदानबाट वित्त पोषित यो अपरेसन नेपालको हरित, लचिलो र समावेशी विकास एजेन्डासँग सम्बद्ध छ। ‘यसले खाद्य असुरक्षित र प्रकोप प्रभावित क्षेत्रमा सीमान्तकृत समुदायको लचिलोपन निर्माण गर्न मद्दत गर्नेछ,’ उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...