१९ औं एसियाली खेलकुद : नेपालको कमजोर सुरुवात
१९ औं एसियाली खेलकुद : नेपालको कमजोर सुरुवात

: चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले कमजोर सुरुवात गरेको छ। पहिलो दिन आइतबार भएका विभिन्न खेलमा नेपालले खराब प्रदर्शन गरेको हो। नेपालका केही खेलाडीले पहिलो चरणमा जित निकाले पनि दोस्रो चरणमा त्यसलाई निरन्तरता दिन नसक्दा सुखद् सुरुवात गर्न सकेनन्।


तेक्वान्दोको पुम्सेमा नेपालका प्रेम लिम्बू क्वार्टरफाइनलमै रोकिएका थिए। अन्तिम १६ को पुरुष एकल पुम्सेमा पाकिस्तानका अग्दुस उल्लाह कादिरलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका प्रेम क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किङ्स परेजसँग पराजित भए।

अन्तिम आठको प्रतिस्पर्धामा प्रेमले ७.५६० अंक ल्याउँदा प्रेमले ७.१६० अंक ल्याएका थिए। त्यसअघि अन्तिम १६ को प्रतिस्पर्धामा प्रेमले ७.३६० र पाकिस्तानका कादिरले ७.२५० अंक ल्याएका थिए। यसैगरी महिला एकल पुम्सेमा भने नेपालकी स्वस्तिका तामाङ अन्तिम १६ बाटै बाहिरिएकी छन्। उनी सिंगापुरकी डिएनाह अक्विदास मोहमद दियासँग अंकका आधारमा पराजित भएकी हुन्। स्वस्तिकाले ७.२५० ल्याउँदा सिंगापुरकी डिएनाहले ७.६०० अंक ल्याएकी थिइन्। तेक्वान्दोको ग्योरोगीतर्फको भिडन्त भने सोमबारबाट सुरु हुनेछ।

यसैगरी सुटिङको १० मिटर महिला एयर राइफलमा श्लेशा भण्डारी ४७औं र सुशिला नेपाल ५८औं स्थानमा रहे। यो इभेन्टमा ५९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ई–स्पोर्ट्सअन्तर्गतको ई–फुटबलमा नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २–१ ले पराजित भए। यस्तै जुडोमा पहिलो खेलमा कम्बोडियाका खेलाडीलाई पराजित गरेका विकास विक अन्तिम १६ को खेलमा तुर्कमेनिस्तानका खेलाडीसँग पराजित भए। यस्तै देवकी श्रेष्ठ मंगोलिया र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भए।

बक्सिङमा पनि निराशाजनक सुरुवात

अरु खेलमा जस्तै बक्सिङ खेलाडीले पनि नेपाललाई सुखद् सुरुवात दिलाउन सकेनन्। नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पहिलो खेलमै पराजय भोगेको थिए। संगीता भियतनामकी खेलाडी थाह हि लिन्हसँग अंकको आधारमा पराजित भइन्। हाङजाओ जिम्नेजियम हलमा महिला ६० केजी तौल समूहअन्तर्गतमा संगीता ५–० अंकले पराजित भएकी हुन्।

यसैगरी पुरुषतर्फको ८० केजी तौल समूहमा पनि दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए। राउन्ड ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमसका आधारमा पराजित गरेका थिए।

प्रदीपको विजयी सुरुवात

यसैगरी टेनिसमा प्रदीप खड्काले पहिलो खेल जित्दा अन्य खेलाडीले भने हारको सामना गर्न पुगे। पुरुष एकलको भिडन्तमा प्रदीपले इष्ट टिमोरका मेन्डिस एन्टेनियोलाई ६–०, ६–० ले पराजित गरे। महिला एकलमा माहिका राणा दक्षिण कोरियाकी पार्क सुयोनसँग ६–०, ६–१ ले पराजित भइन्। महिला एकलकै खेलमा अभिलाषा विष्टले पनि पराजय बेहोरिन्। उनी थाइल्यान्डकी मनन्चार्य सवानकाग्रुसँग पराजित भइन्। यस्तै पुरुष डबल्समा नेपालका प्रदीप खड्का र अभिषेक बास्तोलाको जोडीलाई भारतका मायनी सेख साई र रामकुमार रामानाथनको जोडीले ६–२, ६–० को सेटमा पाखा लगाए।

यसैगरी पुरुष रग्बी सेभेन्समा आइतबार खेलेका दुवै खेलमा पराजयको सामना गर्‍यो। पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई ५५–७ को नतिजा सुम्पिएको नेपाल दोस्रो खेलमा आयोजक चीनसँग ६५–० ले पराजित भयो। यस्तै ह्यान्डबलमा पनि नेपाल आयोजक चीनसँग ५७–० ले पराजित भयो। आइतबार नै भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ४१–० ले पराजित भयो।

उसुमा १३औं सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौं स्थानमा रहे। विजयले ९.७०३ अंक ल्याउँदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौं भएका हुन्। यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याए। रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९.७६० ल्याए। सबिता राईले ८.७९६ अंक ल्याउँदा उनी १४ औं स्थानमा खुम्चिइन्।

सान्सौंमा एलिना चौधरी र रोहित चुनाराले पनि पराजय बेहोरे। महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसोर्‍यान इलाहेसँग पराजत भइन्। रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गिस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए। सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसंग २–० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसँग क्वार्टरफाइनलमा पराजित भएपछि कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुके।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...