: एसियन खेलकुद खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन गएका छन्। साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय लामिछाने र सागर ढकाल चीन प्रस्थान गरेका हुन्।
लामिछाने अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि र ढकाल भिषा समस्या समाधान भएपछि आज चीन प्रस्थान गरेको क्यानले जनाएको छ। लामिछाने आफ्नो मुद्दाको पेशीका कारण नेपाली टीमसँग बिदाई कार्यक्रममा समेत सहभागी भएका थिएनन्। नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ ।
पेसी नचढी स्थगित भएपछि लामिछानेले चीन नजाने बताएका छन्। तर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काको अनुरोधपश्चात लामिछाने खेल्नका लागि चीन गएका हुन्।
ललित राजवंशी घाइते भएर एसियन खेलकुदमा सहभागि नहुने भएपछि उनको स्थानमा क्यानले ढकाललाई पठाएको हो। एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ।