। भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् ।
एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो ।
शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका थिए ।
पहिलो र दोस्रो एक दिवसीय नखेलेका कप्तान रोहित शर्मा र विराट कोहली भने टिममा फर्केका छन् ।
भारत र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय बुधबार राजकोटमा हुने छ ।
३ खेलको एक दिवसीय शृंखला घरेलु टोली भारतले २-० ले आफ्नो पक्षमा पारिसकेको छ । अष्ट्रेलियासँगको पहिलो एक दिवसीय जितेसँगै भारत विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
भारतले र अष्ट्रेलियानले नोभेम्बर २३ बाट ५ म्याचको टी-२० आई शृंखला खेल्ने छन् ।