मुख्य समाचार
चिकित्सकमाथि आक्रमण र स्वास्थ्यसंस्थामा हुलहुज्जत झन् बढ्यो : चिकित्सक संघ
चिकित्सकमाथि आक्रमण र स्वास्थ्यसंस्थामा हुलहुज्जत झन् बढ्यो : चिकित्सक संघ

। देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका सांघातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

२७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटबल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, बिराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको संघले जनाएको छ ।

हेटौडामा भएको घटनालाई लिएर सरकारसँग सम्झौता गरेको एक हप्ता नपुग्दै देशको विभिन्न स्थानमा चिकित्सकमाथि आक्रमण हुनुले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएको संघको ठहर छ ।

‘…सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएको छ’ संघका महासचिव डा. सञ्जीव गिरीले विज्ञप्तिमा भनेका छन् ।



चिकित्सकमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघले उल्लेख गरेको छ ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको समेत संघले जनाएको छ । संघले दोषीलाई कानुनको दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरेको छ ।

संघले चिकित्सकमाथि भइरहेका आक्रमणको घटनाका विषयमा भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका विषयमा छलफल गर्न भोलि १० गते विस्तारित बैठक बोलाएको छ । बैठकमा अस्पतालका निर्देशक, संघका पूर्व पदाधिकारी, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरु, संघका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरु, रेजिडण्ट एशोसिएसनका पदाधिकारीहरु सहभागी हुने चिकित्सक संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू