नेपालले त्रिकोणात्मक शृंखला गर्ने
नेपालले त्रिकोणात्मक शृंखला गर्ने

— नेपालले यूएई र हङकङसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित केन्द्रीय समिति बैठकले उक्त प्रतियोगिता अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

नेपालले त्रिकोणात्मक शृंखला गर्ने

नेपालले यो प्रतियोगितालाई आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीमा लिएको छ । ट्वान्टी–२० विश्वकप एसिया छनोट नोभेम्बर १ देखि १० सम्म काठमाडौंमै हुँदै छ । त्यसमा हङकङ, यूएई, नेपालसहित १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने दुई राष्ट्र अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।

निर्वाचित क्यानको पहिलो बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का र सदस्य दिवाकर घले सदस्य रहने गरी कार्य सम्पादन समिति गठन गरेको छ । बैठकले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितालाई यसपालि ७ प्रदेश र ३ विभागीय टोलीबीच राउन्ड रोबिनका आधारमा गर्ने निर्णय गरेको छ । यो प्रतियोगिताको सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय हुनेछ ।

क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) आफैंले आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता मार्च/अप्रिलमा गर्ने जनाइएको छ । अन्य फ्रेन्चाइज लिग क्रिकेटको हकमा विदेशी खेलाडीविना घरेलु लिगको रूपमा सञ्चालन गर्न सकिने क्यानले जनाएको छ । ‘ईपीएलबाट विदेशी खेलाडीसहितको एभरेस्ट प्रिमियर लिग आयोजनाको प्रस्ताव सम्बन्धमा छलफल हुँदा एनपीएल प्रतियोगिता सम्पन्न भएपछि आगामी बोर्ड बैठकमा छलफल गरेर प्रतियोगिता गर्न दिने सम्बन्धमा सहमति गरियो,’ क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

क्यानले यस वर्षदेखि कार्यविधि बनाएर वार्षिक रूपमा क्रिकेट अवार्ड गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार सम्पन्न क्यानको साधारणसभामा झापा जिल्ला क्रिकेट संघ प्रतिनिधि विवाद सम्बन्धमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेको संयोजकत्वमा सोही प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरी र सदस्य नारद नेपाल सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । झापाको प्रतिनिधिका रूपमा लाक्पा लामा र मनोज कटुवाल दुवैले दाबी गरेपछि क्यानले झापाको प्रतिनिधि खारेज गर्ने विवादस्पद निर्णय गरेको थियो । साधारणसभाबाट सुरक्षाकर्मी लगाएर निकालिएपछि पूर्वराष्ट्रिय खेलाडी लामाले क्यान पदाधिकारीहरू व्यक्तिगत स्वार्थका लागि भ्रष्ट हुन पुगेको आरोप लगाएका थिए ।



क्यानको १७ सदस्यीय समिति अब २१ सदस्यीय बन्न सक्नेछ । हाल अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य रहेकामा क्यानले त्यसमा वरिष्ठ उपाध्यक्ष, सहसचिव र दुई सदस्य थप्न लागेको छ । राष्ट्रिय खेलकुद परिषद्‍बाट प्रारम्भिक सहमति प्रदान भएअनुसार केन्द्रीय पदाधिकारी थप गर्ने सम्बन्धमा हालै सम्पन्न वार्षिक साधारणसभाका दौरान सबै प्रतिनिधि सदस्यले आवश्यकता महसुस गरेको हुँदा यसलाई आवश्यक प्रक्रिया पूरा गरी संघको वार्षिक साधारणसभामा लैजाने क्यानले जनाएको छ ।

क्यानले प्रत्येक प्रदेशमा स्वयंसेवक प्रोभेन्सियल डेभलपमेन्ट अफिसर नियुक्त गर्ने भएको छ । त्यसका लागि सबै प्रादेशिक क्रिकेट संघले पूर्व खेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूमध्येबाट एक जना केन्द्रमा सिफारिस गरेर पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...