एसियाली खेलकुद २०२३ रग्बीमा नेपालको सबैभन्दा खराब प्रदर्शन
एसियाली खेलकुद २०२३ रग्बीमा नेपालको सबैभन्दा खराब प्रदर्शन

— नेपालले १९ औं एसियाली खेलकुदमा सहभागी जनाएको खेलमध्ये सबैभन्दा खराब प्रदर्शन रग्बीको रह्यो । नेपाली पुरुष रग्बी टिमको प्रदर्शन कस्तो रह्यो भने यसले चीन यात्रामा कुनै न्याय गर्न सकेन ।

रग्बीमा नेपालको सबैभन्दा खराब प्रदर्शन

एकपछि अर्को खेलमा एकपक्षीय हार बेहोरेको रग्बी टिमको प्रदर्शन प्रतियोगितामा सहभागिताका लागि छेउछाउ पनि नरहेको देखियो ।

आफ्नो अन्तिम खेलमा नेपाली टिम श्रीलंकाली खेलाडीसम्मिलित ओसीए टिमसँग ६८–० ले पराजित रह्यो । समूह चरणको मात्र नभएर वरीयताका लागि भएका सबै खेलमा नेपालको हार अविश्वसनीय ढंगले एकपक्षीय थियो । सहभागी १३ टिममध्ये नेपाल सबैभन्दा पुछारमा रह्यो । नेपालले कुल ६ खेल खेलेकामा एकै खेलमा मात्र अंक बटुल्न सफल रहेको हो ।

यूएईसँग ५५–७ ले पराजित भएयता नेपाली टोली चीनसँग ६५–०, अफगानिस्तानसँग ४१–०, फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले हारेको थियो ।

जुडो



जुडोमा नेपाली खेलाडीको यात्रा मंगलबार सकिएको छ । अन्तिम दिन दुई खेलाडीले चुनौती पेस गरेकामा दुवै सजिलै पराजित भए । जियोसन लिन्पु जिम्न्याजियममा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित भइन् । प्रिक्वाटरफाइनलमा आकृति २७ सेकेन्ड टिक्न सकिन ।

तेक्वान्दो

तेक्वान्दोको लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिविसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए । उनले टिमोर लिस्टेका जोस दा कोस्टा सिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनल पुगे । त्यस चरणमा उनी थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।

महिला ५३ केजीमुनि अन्तिम १६ को खेलमा नेपालकी आयशा लामा दक्षिण कोरियाकी हाइजिन पार्कसँग २–० अंकले पराजित भइन् । महिलाकै ५७ केजीमुनि अन्तिम १६ को खेलमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन् । यसअघि तेक्वान्दोका चार खेलाडी बाहिरिइसकेका छन् ।

स्क्वास

स्क्वासतर्फ महिला र पुरुष दुवै टिम पराजित रह्यो । महिलामा नेपाल मलेसियासँग सोझो सेटमा ३–० ले पराजित भएको हो । पुरुषमा नेपालमाथि कुवेत ३–० ले विजयी रह्यो ।

पौडी

पौडीको महिला १०० मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिन् । हाङचउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा उनी आफ्नो हिटमा तेस्रो भएकी थिइन् ।

अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् । कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी २५ औं स्थानमा रहिन् ।

टेनिस

टेनिसको मिक्स्ड डबल्समा नेपालका सुनीरा थापा र प्रनव खनालको जोडीले फिलिपिन्सका एलेक्स र फ्रान्सिस कासेविरुद्धको खेल २–० को सिधा सेटले गुमाएको थियो । फिलिपिन्सका खेलाडीले नेपाली जोडीलाई केवल ३८ मिनेटमै पराजित गरे । पहिलो र दोस्रो सेट समान ६–० ले नेपाली टोली पराजित भएको हो ।

उसु

उसुमा निमा घर्तीमगर नान क्वानतर्फ आफ्नो समूहको १० औं स्थानमा रहिन् । निमाले समग्रमा १८.८४ स्कोर गरिन् । उनले नान क्वानमा ९.३९ र नान्डो अलराउन्डमा ९.४५ स्कोर गरेकी थिइन् ।

पुरुषतर्फ दीपक हमाल आफ्नो समूहमा १३ औं स्थानमा रहेका छन् । उनले समग्रमा १९.१७ स्कोर बटुलेका थिए । दीपकले नान क्वानमा ९.६३ र नानगुन अलराउन्डमा ९.४५ स्कोर गरेका थिए ।

बक्सिङ

पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् । ५७ केजी तौल समूहको अन्तिम ३२ को खेलमा उनी भियतनामका भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...