नेपाललाई सहुलियतपूर्ण वित्तीय सहायता जरुरत : अर्थमन्त्री महत
नेपाललाई सहुलियतपूर्ण वित्तीय सहायता जरुरत : अर्थमन्त्री महत

— अर्थमन्त्री प्रकाशशरण महतले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका गभर्नरहरुको वार्षिक बैठकलाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकलाई सहुलियतपूर्ण वित्तीय सहायताको आवश्यकता रहेको औंल्याएका छन् ।

नेपाललाई सहुलियतपूर्ण वित्तीय सहायता जरुरत : अर्थमन्त्री महत

इजिप्टको सार्म इल शेखमा बैठकलाई सम्बोधन गर्दै महतले कम र मध्यम आय भएका मुलुकहरुको आर्थिक विकास गर्न र नागरिकको जीवनस्तर सुधार गर्न विद्यमान वित्तीय साधनको कमी पूरा गर्नेगरी बहुपक्षीय विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थाबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । ‘एसियाली पूर्वाधार लगानी बैंकबाट सहुलियतपूर्ण वित्तीय सहायता प्राप्त भएमा समतामूलक र दिगो विकासलाई प्रवर्द्धन गर्न र सदस्य मुलुकबीच रहेको विविधकतालाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम हुनेछ’ उनले भने ।

महतले परम्परागत स्रोतको माध्यमबाट मात्र पूर्वाधार विकासका लागि वित्तीय साधनको आवश्यकता परिपूर्ति गर्न नसकिने भएकाले सार्वजनिक निजी साझेदारी, हरित, बन्ड, समिश्रित वित्त लगायतका नयाँ र उन्नत वित्तीय उपकरणको विकास गर्नेतर्फ समेत एसियाली पूर्वाधार लगानी बैंकले ध्यान दिनुपर्ने बताए । ‘नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित हुने मुलुकका लागि जलवायु वित्तलाई समेत वृद्धि गर्नुपर्ने र परियोजनाहरुमा जलवायुका मुद्दाहरुलाई आन्तरिकीकरण गर्नेतर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...