— नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने गरी यो कम्पनीले ०७६ असोज ३० मा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएको थियो ।
यो कम्पनीले निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी ०७६ असोज ३० मा अनुमतिपत्र प्राप्त मोहर डिजिटल प्रालिले भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फर्स्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।