भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले दिए राजीनामा
भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले दिए राजीनामा

— अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले राज्य प्रमुख (प्रिमियर) को पदबाट राजीनामा दिएका छन् । मंगलबार अचानक राजीनामा घोषणा गर्दै उनले आफू तथा परिवारलाई थप समय दिनका लागि पदबाट राजीनामा दिएको जनाएका छन् । उनले प्रिमियरका साथै राज्यको लेबर पार्टीको नेता र निर्वाचित क्षेत्रको सांसदबाट समेत राजीनामाको घोषणा गरेका हुन् ।

अस्ट्रेलियाली राजनीतिमा एक सक्षम र निडर प्रिमियरको छवी बनाएका एन्ड्रुज भिक्टोरिया राज्यको संसद्‌मा दुई दशकभन्दा लामो समयदेखि क्रियाशील थिए । उनी सन २०१० देखि उक्त राज्यको लेबर पार्टीको नेताका रुपमा चयन भएका थिए भने तीन कार्यकालसम्म भिक्टोरिया राज्यको प्रिमियरका रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । उनको नेतृत्वमा गतवर्ष भएको निर्वाचनमा लेबरले पुन: जित हासिल गर्दै सरकार निर्माण गर्न सफल भएको थियो । जम्मा ५१ वर्षका एन्ड्रुज स्थानीय सांसदका रुपमा सन् २००२ मा निर्वाचित भएका थिए ।

भिक्टोरियामा मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राज्यका जनतालाई लामो समयसम्म सेवा गर्न पाएकोमा आफू गौरवान्वित भएको बताए । आफ्नी श्रीमतीसहित उपस्थित उनले भोलि बुधबार साँझ ५ बजेबाटै कार्यलय छाड्ने बताएका छन् । उनले प्रिमियर पदबाट राजीनामा दिएसँगै परिवारसँग थप समय बिताउने र आफ्नो लागि समय व्यतित गर्ने जनाएका छन् । यदि कोही आफ्नो कामको भारबाट सहज महसुस गर्दैन भने उसले उक्त पद छोड्नु जायज हुने उनको भनाइ छ । उनी लेबर पार्टीबाट सबैभन्दा लामो समयसम्म प्रिमियर हुने राज्यका नेताका रुपमा समेत चिनिन्छन् ।

सन् २०१४ मा उनको नेतृत्वमा सरकारमा आएको लेबर पार्टीले सन २०२६ सम्मका लागि राज्यको नेतृत्व पाएको छ । तर उनले तेस्रो कार्यकालका लागि नेतृत्वमा आएको एक वर्षपछि नै प्रिमियरको पदबाट राजीनामा दिएका हुन् । उनले आफ्नो पार्टी नेतृत्वका साथै आफू निर्वाचित मूलग्रेभ निर्वाचन क्षेत्रको सांसद पदबाट समेत राजीनामा दिने पत्रकार सम्मेलनमा बताए । राज्यको प्रिमियर तथा पार्टी नेतृत्वका लागि लेबर पार्टीले बुधबार दिउँसोसम्ममा निर्णय गर्ने सञ्चारमाध्यमले जनाएका छन् । उनले मंगलबार नै राज्यका गर्भनर जनरल समक्ष आधिकारिक रुपमा आफ्नो राजीनामा प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...