‘भारत-क्यानडाबीच साझा आधार खोजौं’
‘भारत-क्यानडाबीच साझा आधार खोजौं’

— क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् ।

सीबीसी न्युजसँग कुरा गर्दै उनले भने, ‘मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ, उनीहरूले मित्रता निभाउनका लागि साझा आधार फेला पार्नेछन् ।’ ब्लेअरले कूटनीतिक विवादले भारतीय–क्यानेडेली नागरिकमा पार्ने प्रभावबारे जानकार रहेकोसमेत बताए ।

क्यानडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता आरोप लगाएपछि तनाव चर्किएको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । क्यानडाले भारतलाई निज्जर मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ‘जारी अनुसन्धानमा मैले धेरै जोड दिएको छु । यसका कारण विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं,ं’ रक्षामन्त्री ब्लेअरले भने ।

यसैबीच, भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतंकवादी, अतिवादी र संगठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ का रूपमा पनि क्यानडालाई उल्लेख गरेको छ । ‘हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरुन्, किनभने यसको परिणाम धेरै महत्त्वपूर्ण छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...