खालिस्तान समर्थकको सम्पत्ति जफत गर्दै भारत
खालिस्तान समर्थकको सम्पत्ति जफत गर्दै भारत

— भारतले विभिन्न देशमा रहेर पृथकतावादी आन्दोलन खालिस्तानको समर्थनमा लागेकाहरूको पहिचान गरी भारत प्रवेशमा रोक लगाउँदै सम्पत्ति नियन्त्रणमा लिने तयारी गरेको छ । क्यानडासँग उत्पन्न तनावका बीच भारतले त्यस्तो कडाइ गर्न लागेको हो । क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलियामा खालिस्तान समर्थक शिख समुदायका मानिस रहेको भारतले दाबी गर्दै आएको छ ।
खालिस्तानले ती देशमा बेलाबेला प्रदर्शन तथा सभाहरू गर्दै आएको छ । साथै खालिस्तान समर्थकबाट भारतीय दूतावासमा आक्रमणका घटना पनि भएका छन् । त्यस्ता घटनामा संलग्न व्यक्तिको ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) रद्द गर्ने भारत सरकारको तयारी छ । विदेशी नागरिकता लिए पनि ओसीआईवाहकलाई भारत आउनलाई भिसा लिनु पर्दैन ।

भारतीय जाँच एजेन्सीले विदेशमा रहेका खालिस्तानी आन्दोलनलाई नेतृत्व गर्नेहरूको सूची तयार पारेर सम्बन्धित देशलाई दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले खालिस्तान देशको माग गरेर आन्दोलन गर्नेहरूलाई आतंकवादी सूचीमा राख्दै आएको छ ।

लोकतान्त्रिक देशहरूले भने आफ्नो भूमिमा अभिव्यक्तिको स्वतन्त्रता रहेको भन्दै खालिस्तान देश माग गर्नेमाथि कारबाहीमा आनाकानी गर्दै आएका छन् । जी–२० का बेला दिल्लीमा भएको द्विपक्षीय भेटमा भारतीय प्रधानमन्त्री मोदीले क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडोसँग क्यानडामा खालिस्तान समर्थकको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए । त्यस्तो गतिविधि हुन नदिन ट्रुडोमाथि मोदीले दबाब दिएका थिए ।

भारतपछि सबैभन्दा बढी शिख समुदाय क्यानडामा बसोबास गर्छन् र भारतले क्यानडामाथि खालिस्तानी समर्थकलाई कारबाही गर्नुको साटो संरक्षण दिँदै आएको भन्दै असन्तुष्टि प्रकट गर्दै आएको छ । सुरक्षा एजेन्सी स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको समाचारअनुसार १९ जना खालिस्तानी आतंकवादीको सूची भारतले क्यानडा, अमेरिका र बेलायतलाई दिइसकेको छ । भारतमा रहेको उनीहरूको सम्पत्ति सरकारले नियन्त्रणमा लिने नीति लिँदै छ । सरकारले खालिस्तानी आतंकवादीको सूचीमा राखेको पन्नुको अमृतसरमा रहेको घरजग्गा शनिबार नियन्त्रणमा लिएर त्यो सन्देश दिइसकेको छ ।



ती देशमा रहेर भारतविरोधी प्रदर्शन गर्ने, खालिस्तानको माग गर्दै आन्दोलन गर्ने, दूतावास, कन्सुलेट कार्यालयमाथि आक्रमण तथा कूटनीतिज्ञलाई धम्क्याउनेलगायतका कार्य गर्नेहरूको पहिचान गरेर उनीहरूको सूची सुरक्षा एजेन्सीले तयार पार्दै छ । त्यस्ता कार्यमा संलग्नको भारतीय पासपोर्ट रद्द गर्नेसम्मको तयारी सरकारको छ । साथै उनीहरूलाई भारत आएका खण्डमा विमानस्थलबाटै नियन्त्रणमा लिनेजस्ता रणनीति सुरक्षा एजेन्सीले तयार पारेको बताइएको छ ।

शिख समुदायको एउटा समूहले भारत स्वतन्त्र हुनुपूर्वदेखि नै अलग देशको माग गर्दै आन्दोलन गरिरहेका छन् । १९८० को दशकमा खालिस्तान आन्दोलनले उग्ररूप लिएको थियो । खालिस्तान समर्थकहरूले कैयौं हिंस्रक घटना गराएका थिए । पञ्जाब प्रान्तमा बिग्रिँदो शान्ति सुरक्षाको स्थितिलाई हेर्दै राष्ट्रपति शासनसमेत लगाइएको थियो ।

१ जुन १९८४ मा केन्द्र सरकारले खालिस्तानका मागकर्ताविरुद्ध अपरेसन ब्लु स्टार चलाएको थियो । अमृतसरको स्वर्ण मन्दिरमा हातहतियारसहित रहेका खालिस्तानी समर्थकलाई सुरक्षा फौजले घेरा हालेर कारबाही गरेको घटना नै उक्त ब्लु स्टार अपरेसनका रूपमा चिनिन्छ । त्यहाँ ४ सय ९२ जना मारिएका थिए । त्यस घटनाले इन्दिरा गान्धीको शिखविरोधी पहिचान बनेको थियो । र, उक्त घटनाको ५ महिनाभित्रै शिख अंगरक्षकले गान्धीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...