मुख्य समाचार
साना विद्युतीय सवारीमा करको दर बढ्दा पनि उस्तै आकर्षण
साना विद्युतीय सवारीमा करको दर बढ्दा पनि उस्तै आकर्षण

— सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने भन्यो । तर सरकारले जेठ १५ मा ल्याएको बजेट भन्सार दर र अन्तःशुल्क बढायो । सरकारले बजेटमार्फत सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीको कर दर घटायो भने सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढायो ।


यसरी करको दर घटाए पनि सय किलोवाटभन्दा माथिका सवारीको आयात बढ्न नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ । सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढे पनि उपभोक्ताको आकर्षण उस्तै रहेको पाइएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक सवारीदेखि धेरै उपभोक्ताले खरिद गर्ने ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार दर यथावत् राखे । तर ५० किलोवाटभन्दा माथिका र सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधनमा थप ५ प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार दर लगाइएको छ । यसअघि १० प्रतिशत भन्सार दर मात्रै थियो । चालु आर्थिक वर्षको साउन र भदौमा सय किलोवाटभन्दा मुनिका सवारीसाधन नै धेरै आयात भएको देखिएको छ ।

सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधन ८ सय ८६ वटा आयात हुँदा सय किलोवाटभन्दा माथिका सवारी १२ वटा मात्रै आयात भएको विभागले जनाएको छ । साउन र भदौमा २ अर्ब ४३ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरका चारपांग्रे विद्युतीय सवारी आयात गरिएको हो । त्यसमध्ये २ अर्ब ३७ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको सय किलोवाटभन्दा कमको सवारीसाधन आयात भएको विभागले बताएको छ । यस्तै ५ करोड ८५ लाख ७९ हजार रुपैयाँ बराबरका सय किलोवाटभन्दा माथिका १२ वटा विद्युतीय सवारी आयात भएका छन् । विभागका अनुसार १४ करोड ५४ लाख २३ हजार रुपैयाँ बराबरका १ हजार ४ सय ९४ वटा तीनपांग्रे विद्युतीय सवारी आयात भएका छन् ।

गत आर्थिक वर्ष सोही अवधिमा १ अर्ब १३ करोड ३९ लाख ९६ हजार रुपैयाँ बराबरका सय किलोवाटभन्दा मुनिका ४ सय २ वटा विद्युतीय सवारी आयात भएका थिए । सय किलोवाटभन्दा माथिका ६ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरका १२ वटा विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ । सोही अवधिमा १२ करोड ९९ लाख १४ हजार रुपैयाँ बराबरका १ हजार ४ सय ४५ वटा तीनपांग्रे सवारीसाधनको आयात भएको विभागले जनाएको छ ।



तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ०७७/७८ मा विद्युतीय सवारीमा कर बढाउने नीति अघि सारेका थिए  । उनले भन्सार र अन्तःशुल्क बढाउँदा ०७६/७७ को तुलनामा विद्युतीय सवारी आयातघट्यो । त्यसलाई ०७८/०७९ को बजेटमार्फत हटाइयो । आर्थिक वर्ष ०७९/८० का लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पुनः विद्युतीय सवारीको भन्सार दर र अन्तःशुल्क बढाए । शर्माले १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० र अन्तःशुल्क ३० प्रतिशत बनाएका थिए ।

चालु आर्थिक वर्षमा भने अर्थमन्त्री महतले भन्सार घटाएर १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर २० र अन्तःशुल्क २० प्रतिशत कायम गरेका छन् । २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ र अन्तःशुल्क ४५ प्रतिशत थियो । अर्थमन्त्री महतले भन्सार दर ४० र अन्तःशुल्क ४५ प्रतिशत तोकेका छन् । अर्थमन्त्री महतले ११ देखि १४ सम्म सिट क्षमता भएका विद्युतीय माइक्रोबसको भन्सार दर र अन्तःशुल्क १०/१० प्रतिशत पुर्‍याएका छन् । यसअघि भन्सार दर १ प्रतिशत मात्रै थियो ।

अर्थमन्त्री महतको यो नीति सर्वोच्च अदालतले दिएको आदेशविपरीत छ । सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रण गर्ने गरी मात्रै करको दर तोक्न सरकारलाई परमादेश दिइसकेको छ । सर्वोच्चले ‘स्वच्छ वातावरणको हकको सहज उपयोग गर्ने वातावरण सिर्जना गर्न अलग्गै कार्ययोजना बनाउन’ पनि सरकारका नाममा परमादेश जारी गरेको छ । वातावरण प्रदूषणमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको योगदान अत्यधिक बढी रहने र विद्युतीय सवारीसाधनको ज्यादै न्यून रहने भन्दै सर्वोच्चले ‘विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेर विद्युतीय सवारीलाई निरुत्साहित गर्ने’ सरकारको नीति उचित नभएको उल्लेख छ ।

‘नेपाल सरकारको विद्युतीय सवारीसाधनमा भन्सार शुल्क र अन्तःशुल्क वृद्धि गर्ने उक्त निर्णयले संविधानमा सुनिश्चित गरिएको स्वच्छ वातावरणसम्बन्धी हकमा आघात पर्ने देखियो,’ अदालतले ०७९ असारमा सार्वजनिक गरेको फैसलामा भनिएको छ  ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...