एसियाली खेलकुद जापानसँग हारेपछि महिला फुटबलबाट नेपाल बाहिरियो
एसियाली खेलकुद जापानसँग हारेपछि महिला फुटबलबाट नेपाल बाहिरियो

— नेपालको १९ औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा दोस्रो चरण प्रवेशको सम्भावना सोमबार सकिएको छ । समूह ‘डी’ को खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएपछि आफ्नो अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । वेनचउमा भएको खेलमा महिला विश्वकप पूर्वविजेता जापानले नेपाललाई ८–० ले हराएको हो ।

त्यसमा हायाते आसावाले दुई गोल गरिन् । जापान महिला विश्व फुटबलको महाशक्ति हो । नेपाल यसअघि भियतनामसँग २–० ले पराजित भएको थियो । यो समूहबाट जापान र भियतनाम नकआउट चरण पुगेका छन् भने नेपालसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि बंगलादेश अर्को खेलमा भियतनामसँग ६–१ ले हारेको थियो ।

नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । समूह विजेताको निर्णयका लागि जापानले भियतनामविरुद्ध खेल्नेछ ।

तेक्वान्दो

लिनान स्पोर्ट्स कल्चर एन्ड एक्सिविसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अञ्जली तामाङ अन्तिम १६ मा रोकिएकी छन् । उनले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउन्ड १०–४ ले जितिन् । प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्डकी पानिपक वोङपातान्कितसँग १२–० र १०–० ले पछि परिन् । यसअघि पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।



बास्केटबल

महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल बलियो टोली जापानको हातबाट सजिलै पराजित भयो । डिक्वान जियोग्राफिक इन्फर्मेसन पार्कमा भएको समूह ‘बी’ को खेलमा जापानले २२–४ स्कोरको जित निकालेको हो । नेपालले बुधबार काजकिस्तान र शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

पौडी

पौडीतर्फ एलेक्जेन्डर शाह र डुवाना लामा दुवै हिट चरणबाट बाहिरिएका छन् । हाङचउ स्पोर्टस सेन्टरमा पुरुष ५० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले २४.१५ सेकेन्डमा दूरी पूरा गरे । डुवानाले भने महिला २०० मिटर फ्रिस्टाइलमा १ मिनेट ५८.९० सेकेन्डको समय निकालिन् ।

फेन्सिङ

नेपाली खेलाडी फेन्सिङमा जितविहीन रहेका छन् । पुरुष हाब्रे व्यक्तिगत स्पर्धामा प्रयास योञ्जन र राजेन्द्र गजुरेल तथा महिला फोयल व्यक्तिगततर्फ मन्दिरा थापा आफूले खेलेका सबै खेलमा पराजित भएका छन् ।

जुडो

जुडोमा प्रतिस्पर्धामा उत्रेका तीन खेलाडी सबै पराजित भए । नेपालका मनिता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए । महिला ५७ केजीमुनि मनिता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा र ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

साइक्लिङ

साइक्लिङमा नेपालका सुरज रानामगर र उषा खनाल सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । यससँगै साइक्लिङमा नेपालको चुनौती टुंगिएको छ । पुरुष २५.५ किमि दूरी तय गर्नेक्रममा सुरज दोस्रो ल्यापमा घाइते भए । महिला २०.५६ किमि दूरीमा प्रतिस्पर्धा गर्दागर्दै उषालाई ‘हाइपर थर्मिया’ भएको थियो ।

उसु

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छान छ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

रग्बी

नेपाली रग्बी सेभेनमा जितविहीन हुँदै बाहिरिएको छ । नेपाल आफ्नो अन्तिम दुई खेलमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० गोलले पराजित रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...