अमेजनद्वारा एआई स्टार्टअप एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी घोषणा
अमेजनद्वारा एआई स्टार्टअप एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी घोषणा

— ई-कमर्स जायन्ट अमेजनले आर्टिफिसियल इन्टेलिजेन्स फार्म एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीले एआईमा आक्रामक पहल गरिरहेको बेला अमेजन पनि यस प्रतिस्पर्धामा जोडिन आइपुगेको हो ।

सो लगानीसँगै एन्थ्रोपिकमा अमेजनको थोरै स्वामित्व कायम हुने भएपछि अब अमेजनका कर्मचारी र क्लाउड कस्टमरहरूले एन्थ्रोपिकका प्रविधिमा पहुँच प्राप्त गर्नेछन् । च्याटजीपीटी निर्माता ओपेनएआईका पूर्वअनुसन्धान अधिकारीहरूले करिब दुई वर्षअघि स्थापना गरेको एन्थ्रोपिकले हालै क्लाउड २ नामक एआई च्याटबट सार्वजनिक गरेको थियो ।

अमेजन र एन्थ्रोपिकले विकसित किसिमको जेनेरेटिभ एआई निर्माणमा रणनीतिक सहकार्य गर्ने जानकारी दिएका छन् । अमेजन वेस सर्भिसेज (एडब्लुएस)लाई आफ्नो प्रमुख क्लाउड सेवा प्रदायकका रूपमा प्रयोग गर्नेहरूलाई आवश्यकताबमोजिम एन्थ्रोपिकले आफ्ना पृथक फिचरहरू उपलब्ध गराउने जनाएको छ । एन्थ्रोपिकले आफ्ना एआई एप्लिकेसनहरूको फाउन्डेसन मोडल तयार गर्दा एडब्लुएसका लागि डिजाइन गरिएको विशेष सेमिकन्डक्टर प्रयोग गर्नेछ । फाउन्डेसन मोडल भनेका ठूला एआई प्रोग्रामहरू जसलाई बृहत् मात्राको डाटामा प्रशिक्षित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...