— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेका छन् । उनले आणविक शक्ति सम्पन्न राष्ट्रहरूलाई त्यस किसिमको हतियारलाई पूर्ण रुपमा हटाउन आग्रह गरेका हुन् ।
उनले मानवीय प्रकोपलाई रोक्न आणविक हतियार हटाउनु महत्त्वपूर्ण कदम हुने पनि बताए ।
महासचिव गुटेरेसले अहिलेको विश्वको सबैभन्दा ठूलो चिन्ता नै हतियारको दौड भएको बताए । उनले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झन् बढ्दै गइरहेको प्रति चिन्ता समेत प्रकट गरे । उनले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनैपनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न पनि आह्वान गरे । महासचिव एन्टोनियो गुटेरेसले कुनै पनि देश बीचको तनाव कम गर्न कुटनीतिक वार्ता नै महत्त्वपूर्ण हुने तर्क पनि गरे ।