हलिउड लेखकको आन्दोलन फिर्ता, हड्तालले अमेरिकी अर्थतन्त्रमा ५ बिलियन डलरको क्षति
हलिउड लेखकको आन्दोलन फिर्ता, हड्तालले अमेरिकी अर्थतन्त्रमा ५ बिलियन डलरको क्षति

। अन्ततः १४८ औं दिनमा आएर हलिउड लेखकहरुको हड्ताल टुंगिएको छ । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले बुधबार वक्तव्य जारी गर्दै युनियनका नेताहरुले हड्ताल अन्त्य गर्न र प्रतिबन्धको आदेश हटाउने निर्णयमा सर्वसम्मत रुपमा मतदान गरेको जनाएको छ ।

हड्ताल टुंगिएपछि संस्थामा आबद्ध ११ हजार ५०० सदस्यले तलब सुविधा वृद्धि गर्ने र कृत्रिम बौद्धिकता (एआई)बाट संरक्षण गर्नको लागि तीन वर्ष लामो सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा मतदान गर्नेछन् ।

कलाकारको हड्ताल भने यथावत छ ।

गत मे २ देखि सुरु भएको लेखकको हड्ताललाई हलिउडलाई सर्वाधिक असर तुल्याउने दशककै लामो हड्तालको रुपमा अर्थ्याइएको छ । लेखकले तलब सुविधामा वृद्धि र कृत्रिम बौद्धिकता (एआई)को मुद्दालाई लिएर हड्ताल गरिरहेका थिए ।


मिल्कन इन्स्टिच्युटका अर्थशास्त्री केभिन क्लाउडेनको अनुमान अनुसार यसले अमेरिकी अर्थतन्त्रलाई करिब ५ बिलियन डलरको क्षति पुगेको छ । लेखकको हड्तालले लोकप्रिय अमेरिकी टिभी श्रृंखलाको उत्पादन र प्रसारण समेत रोकिएको थियो ।

साताको प्रारम्भमा लेखकले आफूहरु स्टुडियोसँग मोटामोटी सहमतिको नजिक पुगेको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सहमतिको नजिक पुगेको कुराप्रति चासो जनाउँदै शुभकामना दिएका थिए ।

तर पनि लेखकको हड्ताल अन्त्यले हलिउडलाई सामान्य अवस्थामा भने फर्काउँदैन । किनकि जुलाईदेखि कलाकार पनि हड्तालमा छन् । लेखकजस्तै कलाकारले पनि ज्याला, कामको अवस्था, स्वास्थ्य र पेन्सन सुविधाको सुधारको माग गरिरहेका छन् ।

भविष्यमा फिल्म र टेलिभिजन कार्यक्रम निर्माणको क्रममा कृत्रिम बौद्धिकता (एआई)बाट संरक्षणको माग पनि उनीहरुको छ । लेखकको हड्ताल गर्न तयार पारिएको मस्यौदाले कलाकारलाई पनि सहमति जुटाउन सजिलो हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...