काठमाडौं । सडेन डेथमा भुटानलाई हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो ।
टाइब्रेकरको पहिलो सेटमा दुवै टिमका पाँच पाँच जनाले नै गोल गरेपछि टाइब्रेकर लम्बिएको थियो । भुटानका लागि सल्जिम पेल्जाङले प्रहार गरेको छैटौं पेनाल्टी पाकस्तिानका गोलकिपर साहिल गुलले पञ्च गरेर बाहिर पठाए ।
पाकिस्तानका लागि फाइनल पेनाल्टीमा कमिल अहमद खानले कुनै गल्ती गरेनन् र टिमलाई पहिलो सहभागितामा नै फाइनल पुर्याएका हुन् ।
९० मिनेटको खेलमा भुटान रणनीतिक हिसाबले निकै बलियो देखिए पनि पेनाल्टी सुटआउटमा पछि परेको हो ।
पाकिस्तानको यो साफ च्याम्पियनसिप कुनै पनि उमेर समूहको पहिलो साफ प्रतियोगिता हो ।
विजेता पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ । नेपाल र भारतको खेल आजै बुधबार साढे ५ बजे सुरु हुने छ ।