। १९ औं एसियाड अन्तर्गत पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।
महिला एक सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धाको हिट १ मा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दुरी एक मिनेट २०.१५ सेकेन्डमा पार गरिन् ।
डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धाको हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी दुई मिनेट ००.१४ सेकेन्डमा पार गरे ।
आठ जना खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं स्थानमा रहे ।