। १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ ।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता प्रधान श्रेष्ठ मोमो तामाओकीसँग सहजै पराजित भए ।
यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पराजित भयो ।
टिम इभेन्टमा हारपछि १९औं एसियाडमा नेपालको जुडोको चुनौती समाप्त भएको छ । यसअघि व्यक्तिगत स्पर्धामा नेपालबाट ८ खेलाडी नै पराजित हुँदै बाहिरिसकेका छन् ।
जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागि भएका थिए । तर कुनै पनि खेलाडी क्वार्टरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।
८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए ।