मुख्य समाचार
विश्वभर १ हजार करोड कमाउँदा ‘जवान’ले नेपालमा कति कमायो ?
विश्वभर १ हजार करोड कमाउँदा ‘जवान’ले नेपालमा कति कमायो ?

। शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ले आइतबारसम्म विश्वभर एक हजार करोड भारु कमाएको छ । भारतमा मात्र फिल्मले ६६६ करोड भारु कमाएर कीर्तिमान रच्यो । फिल्मको कुल विश्वव्यापी कमाइ एक हजार १५ करोड भारु छ ।

‘जवान’ हजार करोड भारु कमाउने तेस्रो भारतीय फिल्म बनेको छ, जसमा अभिनेता खानका मात्र दुई फिल्म समावेश छन् । चीनमा रिलिज भए यो फिल्मले धेरै कमाउने शाहरुख खानको अघिल्लो फिल्म ‘पठान’को कीर्तिमान तोड्नेछ ।

विश्वभर हजार करोड कमाउँदा फिल्मले नेपालमा तेस्रो सातासम्म कति कमायो ? बलिउड पोर्टल पिंकभिल्लाका अनुसार ‘जवान’ले नेपालमा आठ लाख अमेरिकी डलर (१० करोड ६९ लाख नेरु) हाराहारीमा कमाइ गरेको छ ।

यद्यपि, नेपालको चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । ‘जवान’ले तेस्रो सातासम्म एसिया र ओसियाना क्षेत्रमा ७४ लाख ५० हजार डलर कमाइ गरेको छ । अमेरिकाबाट एक करोड ४१ लाख डलर, मध्यपूर्व र अफ्रिका क्षेत्रबाट एक करोड ४५ लाख डलर, युरोपबाट ५८ लाख डलर कमाइ गरेको पिंकभिल्लाले उल्लेख गरेको छ । विदेशबाट जवानको कुल कमाइ चार करोड १९ लाख डलर (३४९ करोड भारु) छ ।

नेपालमा भने शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले १३ करोड २८ लाख नेरु ग्रस कमाएको तथ्यांक चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो । यो हिसाबअनुसार ‘जवान’ले ‘पठान’को नेपाल कमाइ तोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...