एआईको प्रयोगमा लेखकहरू निर्णायक हुने सहमतिसँगै टुंगियो हलिउड हड्ताल
एआईको प्रयोगमा लेखकहरू निर्णायक हुने सहमतिसँगै टुंगियो हलिउड हड्ताल

— च्याटजीपीटीजस्ता जेनेरेटिभ आर्टिफिसयल इन्टेलिजेन्स टुलहरूले आफ्ना लेख, रचना, स्क्रिप्ट आदि अनुमति बेगर प्रयोग गर्नुका साथै एआईमार्फत कलाकारका आवाज एवम् हुलिया बनाएर व्यवसाय गरेको लगायत विविध विषयमा हलिउडकर्मीले विरोध गर्दै आएका थिए । लेखक तथा कलाकारहरूको युनियन र हलिउडका स्टुडियोबीच एआईको सुरक्षित र अनुमतिसहितको प्रयोगका विषयमा सहमति भएसँगै पाँच महिना लामो हड्ताल हाल अन्त्य भएको छ ।


आफ्ना स्क्रिप्टमा एआई प्रयोग गर्ने/नगर्ने विषय अब लेखकहरूले तय गर्ने भएका छन् । फिल्म निर्माण कम्पनीहरूले यसको प्रयोग अनिवार्य गर्न पाउने छैनन् । फिल्ममा समावेश हुने कुनै पनि सामग्री एआईद्वारा सिर्जना गरिएमा त्यसबारे स्टुडियोले लेखकहरूलाई अग्रिम जानकारी दिनुपर्ने सम्झौता भएको छ । वाल स्ट्रिट जर्नलका अनुसार एआईको सहायताले कुनै आईडिया वा कन्टेन्ट निर्माण गरिएको भए पनि त्यसको जस लेखकले नै पाउने तय भएको छ । एआईले बनाएका कन्टेन्टलाई प्रतिलिपि अधिकार प्राप्त नहुने भनिएको छ ।

यसका साथै, स्टुडियोहरूले नियुक्त गर्नैपर्ने लेखकहरूको न्यूनतम संख्या तोकिएको छ । स्टुडियोहरूले एआईको प्रयोग बढाएर लेखकहरूको संख्या घटाउने मात्र होइन, उनीहरूको कार्यकक्षसमेत सानो बनाउन थालेपछि संख्या तोक्ने समहति भएको हो । पछिल्लो समय आक्रामक रूपमा बढेका एआई प्लाटफर्महरूले स्क्रिप्ट लेखिदिने, स्वरांकन गरिदिने, चलचित्र सम्पादन र मिश्रण गरिदिने मात्रै नभएर जीवित र स्वर्गीय अभिनेताहरूलाई पर्दामा उभ्याइदिनेसम्मका काम गर्न थालेपछि हलिउडकर्मीहरूले यसको विरोध गरेका थिए ।

नेटफ्लिक्स, वाल्ट डिज्नी, वार्नर ब्रोज डिस्कभेरीजस्ता प्रमुख हलिउड स्टुडियोहरूले फिल्म निर्माणका क्रममा हुने एआईको प्रयोगबारे छलफल गर्न कम्तिमा वर्षको दुई पटक अमेरिकी लेखकहरूको युनियनसँग बैठक गर्ने सहमति भएको छ । स्टुडियोहरूले एआई प्रयोग गर्नै नहुने भन्ने नभए पनि लेखकहरूको अनुमतिबेगर प्रयोग भएमा वा अनुमतिबेगर एआई टुलहरूको प्रशिक्षणमा उनीहरूका कथा, स्क्रिप्ट आदि प्रयोग भएमा लेखकहरूले कानुनी कदम चाल्न सक्ने विशेषाधिकार प्राप्त गर्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...