नेपालमा चामल निर्यातमा भारतले अझै दिएन अनुमति
नेपालमा चामल निर्यातमा भारतले अझै दिएन अनुमति

— चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अन्य देशलाई निर्धारित परिमाणमा उपलब्ध गराउन थाले पनि नेपालको मागमा भने कुनै निर्णय गरेको छैन । भारतले विभिन्न देशलाई तोकिएको परिमाणमा निर्यातको अनुमति दिन थालेको हो ।

सिंगापुर, मरिसस र भुटानपछि यूएईलाई भारतले चामल निर्यात गर्ने भएको छ । तर, नेपालको हकमा भने अझैसम्म भारतले निर्यातको अनुमति दिएको छैन ।

वैश्विक बजारमा भारत चामलको ठूलो निर्यातक देश हो । विश्वमा हुने कुल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारतको रहँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले २० जुलाईबाट गैरबासमती चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भारतको उक्त निर्णयपछि विश्व बजारमा चामलको मूल्यवृद्धि भएको छ । विभिन्न देशले चामलको निर्यात खोल्न भारतलाई आग्रह गर्दै आएका छन् । नेपालले पनि एक लाख मेट्रिक टन चामलको माग गरेको महिना दिन बढी भइसकेको छ ।

भारतको विदेश व्यापार निर्देशनालयले पछिल्लो पटक यूएईलाई ७५ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको हो । राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत उक्त परिणामको चामल यूएईलाई निर्यात गरिने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।



केही अगाडि भारत सरकारले भुटानलाई ७९ हजार, सिंगापुरलाई ५० हजार र मरिससलाई १४ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको थियो । त्यस्तै, सेनेगललाई ५ लाख टन, गाम्बियालाई ५ लाख टन, इन्डोनेसियालाई २ लाख टन, मालीलाई एक लाख टन र भुटानलाई ४९ हजार मेट्रिक टन टुटा चामल निर्यातको अनुमति भारतले दिइसकेको छ ।

नेपाल सरकारले चाडबाडलाई लक्षित गरेर दिल्लीस्थित नेपाली दूतावासमार्फत १ लाख टन चामल र १० हजार टन चिनी निर्यातको अनुमति भारतसँग मागेको छ । दूतावास स्रोतले भन्यो, ‘त्यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको र छिट्टै निर्णय आउनेमा आशावादी छौं ।’

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत साउन २० मा भएको टेलिफोन वार्तामा पनि दाहालले नेपालको हकमा चामलमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।

विभिन्न प्रदेशमा हुँदै गरेको चुनाव र आगामी मे–जुनमा हुने लोकसभा चुनावलाई लक्षित गर्दै भारत सरकारले खाद्यान्नको मूल्यवृद्धि हुन नदिन निर्यातमा रोक लगाएको छ । जुन महिनादेखि गहुँको निर्यातमा भारतले रोक लगाएको छ । त्यसपछि गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो । पछि बासमती चामलको निर्यातमा सर्तहरू थपेर त्यसमा पनि कडाइ गरिसकेको छ ।

प्रतिटन एक लाख रुपैयाँ मूल्यभन्दा कम मूल्यको बासमती चामलको निर्यातमा रोक लगाइएको हो । त्यस्तै, उसिना चामलको निर्यातमा २० प्रतिशत ड्युटी कर लगाइएको छ । भारतबाट १ सय ४० देशमा चामल निर्यात हुँदै आएको छ । निर्यातमाथि लगाइएको प्रतिबन्धले चामल खपत हुने देशमा मूल्य अकासिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...