हाङचउ एसियाली खेलकुद : सुष्मा पहिलो खेलमै पराजित
हाङचउ एसियाली खेलकुद : सुष्मा पहिलो खेलमै पराजित

— १९ औं एसियाली खेलकुदमा पदकको आस गरिएकी नेपालकी बक्सिङ खेलाडी सुष्मा तामाङ बुधबार पहिलो चरणमै पराजित भएकी छन् । महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा काजकिस्तानकी नाजम काइजाईसँग अंकका आधारमा ५–० ले चुकिन् ।


गत वर्ष यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्मासँग विश्व च्याम्पियनसिप खेलेको अनुभव पनि छ ।

पुरुष ६३.५ केजी तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भूपेन्द्र थापा चाइनिज ताइपेइका चु इन लाइसँग अंकका आधारमा ४–० ले पराजित भए । पहिलो चरणमा बाइ पाएका भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा पुगेका थिए । नेपालका अर्का बक्सर रविन नेपाल अन्तिम १६ चरणमा फिलिपिन्सका जोन नोबेल मार्भिनसँग दोस्रो राउन्डमा आरएससीका आधारमा पराजित भए ।

पौडी : पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड लगाइन् । हिटमा ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला २०० सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष २०० मिटर फ्रिस्टाइल स्पर्धामा दोस्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी हुँदा हिटमा उनी सातौं भए ।



बास्केटबल : महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल कजकिस्तानसँग १७–१० स्कोरले हार्‍यो । काजकिस्तानविरुद्ध नेपालबाट कप्तान श्रेया खड्का र मीना गुरुङले ४–४ स्कोर जोडे । नेपालको स्कोरबोर्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले १–१ अंक थपे । समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ अंकले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडो : जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय बेहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । जिओसान लिन्पु जिम्न्याजियममा बुधबार मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाली टिम जापानसँग ४–० ले पराजित भयो ।

टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । आकृति जोशी रुरी ताकाहासी, रन्जेश गोले ह्योगा ओता र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए । पराजित टिमबीच हुने रिपिचेज प्रतिस्पर्धामा पनि नेपाल कजकिस्तानसँग ४–० ले नै पछि पर्‍यो । यस इभेन्टको स्वर्ण जापानले उज्वेकिस्तानलाई हराएर जित्यो ।

ह्यान्डबल : महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओसान जिम्न्याजियममा नेपाली टिम जापानसँग ६२–१० गोलले पराजित भयो । पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसँग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

तेक्वान्दो : तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकामा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका अभिषेक बराल पुरुष ८० केजी तौल समूहको अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहकसँग २–० अंकले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे ।

पुरुष ६८ केजीमुनि वीरबहादुर महरा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउविरुद्ध २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरबहादुरले दोस्रो चरणमा केही सुधार गरे पनि १२–८ ले पछि परे । १३ औं सागका स्वर्णधारी वीरबहादुर र उसुकी निमा घर्तीमगरले उद्घाटन समारोहमा नेपालको झन्डा बोकेका थिए ।

महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ को प्रतिस्पर्धा इरानकी मेलिका मिरहोसेनी भाकिलीविरुद्ध २–० ले निराश भइन् । उनले पहिलो राउन्ड १४–१ र दोस्रो राउन्ड ९–० ले गुमाइन् । अब पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग खेल्नेछन् ।

उसु : उसुमा नेपालकी कविता थापा महिला जियान्सु/कुन्सु अलराउन्डमा समग्रमा ११ औं स्थानमा रहिन् । बुधबार जियोसन गुआली स्पोर्ट्स सेन्टरमा कविताले जियान्सुमा ९.६३३ र कुन्सुमा ९.२४३ गरी कुल १८.८७६ अंक जोडिन् ।

स्क्वास : स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा नेपालप् ीटिम कतार र सिंगापुरसँग ३–० को सोझो सेटमा पराजित भयो । महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाली टिम भारत र पाकिस्तानसँग हार्‍यो । नेपाल दुवै टिमसँग समान ३–० को नतिजामा पछि पर्‍यो ।

टेबलटेनिस : टेबलटेनिसको पुरुष एकलमा नेपालका रुविन महर्जन माल्दिभ्स र संयोग कपाली यमनका खेलाडीसँग पराजित भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...