मुख्य समाचार
लुम्बिनी मेडिकल कलेज पाल्पाका सय बढी चिकित्सक सडकमा
लुम्बिनी मेडिकल कलेज पाल्पाका सय बढी चिकित्सक सडकमा

— चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण भएको भन्दै लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालका १ सय भन्दा बढी चिकित्सकहरू बिहिबार आन्दोलनमा उत्रिएका छन् । उनीहरू काम छाडेर सुरक्षा माग गर्दै तानसेन बजारका सडकमा उत्रिएका छन् ।


मेडिकल कलेजका कन्सल्ट्यान्ट चिकित्सक, आवासीय चिकित्सक, इन्टर्नका साथै स्वतःस्फूर्त रुपमा एमविविएस पढ्दै गरेकाहरू नारा जुलुस गर्दै सडकमा ओर्लिएका हुन् ।

चिकित्सकहरू आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको बताएका छन् । सुनियोजितरुपमा विभिन्न स्थानमा गरिएका सांघातिक आक्रमणबाट ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेको आवासीय चिकित्सक डा उज्जवल ठोकरले बताए ।

तानसेन बसपार्कमा भेला भएका चिकित्सकहरू तानसेन नगरपालिका, टुँडिखेल, भीमसेनटोल, नारायणटोल, पाल्पा अस्पताल, लहरेपिपल हुादै पुनः टुाडिखेलमा आएका थिए सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने डा ठोकरले बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको आन्दोलित चिकित्सकले बताएका छन् । गुल्मी, पोखरा, हेटौंडा, मोरङ लगायतका जिल्लामा श्रृंखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उनीहरूले बताए ।

पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल, रामपुर अस्पताल र निजी मेडिकलका चिकित्सक भने सडकमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू