मुख्य समाचार
आँखाको ज्योति फर्केपछि ८३ वर्षीया भद्रमायाले भनिन् - मान्छे बुढो भएपनि आँखा बुढो नहुदोरहेछ
आँखाको ज्योति फर्केपछि ८३ वर्षीया भद्रमायाले भनिन् - मान्छे बुढो भएपनि आँखा बुढो नहुदोरहेछ

: चिचिला गाउँपालिका–४ की भद्रमाया गुरुङ पाँच महिनादेखि दुवै आँखा देख्न छाडिन् । ८३ वर्षीया गुरुङ उमेरकै कारण आँखा देख्न छाडेको भन्दै उनी घरमै परिवारको सहयोगमा भित्रबाहिर गर्दै आएकी थिइन्।


उमेरका कारण आँखा देख्न छाडेको र अब उपचार हुँदैन भनेर बसेकी थिएन्। आँखाको शल्यक्रियापछि दुवै आँखाको ज्योति फर्किएपछि गुरूङले भनिन्,'अब त दुवै आँखा देख्ने भइयो,यरी हेर्न सकिएला भन्ने लागेको थिएन।'

गुरुङको मोतियाविन्दुका कारण दुबै आँखाको ज्योति गुमेको थियो । 'दुई वर्षअघिदेखि नै दुबै आँखा कम देख्न थालेको थिएँ,वैशाखदेखि पुरै बन्द भयो । शरीर समेत कमजोर हुँदै जाँदा आँखा पनि कमजोर हुँदोरहेछ भन्ने लागेको थियो, ‘भतिज र छोरीले खाँदबारीमा आँखा शिविर छ,आँखा उपचार गर्न जानुपर्छ भन्दा मैले अब बुढेसकालमा कसरी आँखा देख्छु भनेर जान्न भनेको थिएँ, 'गुरुङले भनिन् ,' सबैले कर गरेपछि गाडि चढेर उनीहरूकै साहारामा आएको अहिले दुवै आँखा देख्न सक्ने भएँ ।'

तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको आयोजनामा भएको मोतियाविन्दुको शल्याक्रिया शिविरमा गुरुङको आँखाको शल्याक्रिया भएको हो। डाक्टर विवेक आचार्यको टोलीले गुरूङको मोतियाविन्दुको शल्याक्रिया गरेका हुन्।

null

खुसी हुँदै गुरुङले भनिन्,'फेरि आँखा देख्छु जस्तो लागेकै थिएन । हरेक कुरामा परिवारको भरपर्नु पर्दा धेरै चिन्ता लाग्थ्यो । बुढो भएपनि आँखा बुढो नहुँदो रहेछ।' उनले आफ्नो उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिइन्।

गुरूङ एक वर्षदेखि लौरोको साहरामा अन्धकार जीवन विताउँदै आएकी थिइन् ।

उनका भतिजा बुद्धिबहादुर गुरुङले आँखा बन्द भएपछि काकी आमालाई धेरै समस्या भएको बताए। उमेरमै थला परेपछि निकै पीर लागेको उनले बताए। उनले भने,'गाउँघरमा खेतिपातीका लागि हामी बाहिर जाँदा पनि आमालाई एक्लै छाडेर जान गाह्रो हुन्थ्यो । हिँडडुल गर्न सक्दासक्दै आँखा देख्न छाडेपछि आमाको स्याहारसुसारमा समस्या भएको थियो।

मोतियाविन्दुको समयमै उपचार पाए कसैले पनि आँखाको ज्योति गुमाउनु नपर्ने शिविरमा खटिएका डाक्टर विवेक आचार्यले बताए । आँखा धमिलो हुनासाथ स्वास्थ्य संस्थामा गएर जाँच गराउन उनले सुझाव दिए।

तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले आइतबार र सोमबार दुई दिन निशुल्क मोतियाविन्दुको शल्याक्रिया शिविर सञ्चालन गरेको थियो। शिविरमा सङ्खुवासभा र भोजपुरको उत्तरी क्षेत्रका ३९ जनाको शल्याक्रिया भएको उपचार केन्द्र इन्चार्ज क्षितिज बरालले जानकारी दिए ।

उचार केन्द्रले प्रत्येक वर्ष मोतियाविन्दुको निशुल्क शल्याक्रिया शिविर सञ्चाल गर्दै आएको तेजरत्न आँखा तथा कान उपचारका अध्यक्ष अनन्त कुमार गौलीले जानकारी दिए। ' दुर्गम क्षेत्रबाट सदरमुकाम खाँदबारी आइपुग्न नै ४/५ दिन लाग्छ । काठमाडौं गएर आँखाको उपचार गराउनु निकै महंगो पर्दछ । त्यसैले हामीले वार्षिक रुपमा बिरामी छनौट गर्दै जिल्लाका विभिन्न स्थानमा निशुल्क मोतियाविन्दुको शल्याक्रिया शिविर सञ्चालन गर्दै आएका छौं,’अध्यक्ष गौलीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू