एकै खेलमा कीर्तिमानको ओइरो
एकै खेलमा कीर्तिमानको ओइरो

: चीनको हाङआचोमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले नवप्रवेशी मंगोलियालाई दुई सय ७३ रनले पराजित गर्दा कीर्तिमानको ओइरो नै लागेको छ।


चीनको हाङचाओस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटिएको थियो। टीट्वेन्टी क्रिकेटमा कुनै पनि टोलीले तीन सयको आँकडा पूरा गरेको यो पहिलो पटक हो।

यसअघि टीट्वेन्टी क्रिकेटमा सर्वाधिक योगफल अफगानिस्तानको नाममा थियो। उसले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो। सन् २०१९ मा आयरल्यान्डविरुद्ध अफगानिस्तानले यो योगफल खडा गरेको थियो। यस्तै मंगोलियाविरुद्धको जित पनि सबैभन्दा फराकिलो जित हो। यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध दुई सय ५७ रनको जित हात पारेको थियो।

टीट्वेन्टी क्रिकेटमा नेपाललाई कीर्तिमानी जित दिलाउन कुशल मल्लले एक सय ३७ रनको अविजित शतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले ५० बलमा १२ छक्का र आठ चौका हिर्काए। कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए। टीट्वेन्टी क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कुशलले आफ्नो नाममा लेखाए। यसअघि टीट्वेन्टीमा सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमशेखरले ३५ बलमा शतक प्रहार गरेका थिए। टीट्वेन्टी फरम्याटको फ्रेन्चाइज क्रिकेटमा भने ‘युनिभर्सल बोस’का नामले परिचित वेस्ट इन्डिजका क्रिस गेलले ३० बलमा शतक पूरा गरेका थिए। रोयल च्यालेन्जर्स बेंग्लोरका गेलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन् २०१३ मा पुने वारियरविरुद्ध ३० बलमै शतक बनाएका थिए। कुशल शतक बनाउने दोस्रो कान्छा खेलाडी हुन्। उनले १९ वर्ष २०६ दिनमा टीट्वेन्टी क्रिकेटमा शतक बनाएका हुन्। यसअघि फ्रान्सका गुस्तोभ म्याकोनले १९ वर्षमै टीट्वेन्टीमा शतक बनाएका थिए।

नेपालको विशाल पालिमा कप्तान रोहित पौडेलले ६१, दीपेन्द्रसिंह ऐरीले अविजित ५२, कुशल भुर्तेलले १९ र मोहमद आसिफ शेखले १६ रन बनाए। दीपेन्द्रले नौ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बने। १० बलमा आठ छक्का प्रहार गरेका उनी ५२ रनमा अविजित रहे। यसअघि भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

युवराजसँगै वेस्ट इन्डिजका क्रिस गेल र अफगानिस्तानका हर्जतुल्लाह जजईले १२ बलमै अर्धशतक बनाएका थिए। दीपेन्द्र क्रिकेटको सबै फरम्याटमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी पनि बने।

यस्तै पाँच सयभन्दा बढी स्ट्राइक रेटमा रन बनाउने दीपेन्द्र पहिलो खेलाडी बने। १० बलमा ५२ रन बनाउँदा उनको स्ट्राइक रेट ५२० थियो। यसअघि जिम्मबावेको घरेलु लिगमा मालकम वाल्कर्सले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए।

यससँगै नेपालले सर्वाधिक रनरेटमा रन बनाउने कीर्तिमान पनि बनायो। मंगोलियाविरद्ध तीन सय १४ रन बनाउँदा १५.७ को रनरेटमा नेपालले रन बनाएको थियो। सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ बनाउँदा १३.९ को रनरेट थियो।

नेपालले बुधबार मंगोलियाविरुद्धको खेलमा छक्काको वर्षा गरेको थियो। बुधबार मात्रै नेपाली खेलाडीले २६ छक्का प्रहार गरेका थिए। जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले आठ र रोहित पौडेलले ६ छक्का हिर्काएका थिए। एकै खेलमा सर्वाधिक छक्का पनि यही खेलमा प्रहार भएको हो। यसअघि अफगानिस्तान र वेस्ट इन्डिजले एकै खेलमा २२ छक्का हानेको थियो।

सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्ड र गत वर्ष वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध छक्काको वर्षा गरेका थिए। मंगोलियाले बनाएको ४१ रनमध्ये ५६ प्रतिशत रन अतिरिक्त रुपमा पाएको थियो। कम्तीमा पाँच ओभरको खेल हुँदा अतिरिक्त रुपमा मंगोलियाले पाएको सबैभन्दा धेरै रन हो। यसअघि चीनले थाइल्यान्डविरुद्ध २६ रन बनाउँदा नौ रन अतिरिक्त रुपमा पाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...