सुष्मा र भूपेन्द्रको हार
सुष्मा र भूपेन्द्रको हार

: नेपालले पदकको आशा राखेको बक्सिङका दुई खेलाडी सुष्मा तामाङ र भूपेन्द्र थापा मगरले पहिलो चरणमै हारको सामना गरेका छन्। हाङचाओ जिम्नेजियम हलमा बुधबार भएको खेलमा सुष्मा काजकिस्तानकी नज्यम काजइबेइसँग पराजित भएकी हुन्।


महिला ५० केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम १६ को उक्त खेलमा सुष्माले कुनै पनि बेला विपक्षी खेलाडीलाई दबाबमा राख्न सकिनन्। नज्यमले एकपक्षीयले रुपमा ५–० नतिजा आफ्नो पक्षमा पारिन्। गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माबाट नेपालले पदकको आशा राखेको थियो। उनीसँग विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ।

यसैगरी बुधबार नै भएको पुरुष ६३ केजीमुनिको तौल समूहको खेलमा भूपेन्द्रले पनि पराजय बेहोरेका हुन्। चाइनिज ताइपेईका इन चु लाईसँगको अन्तिम १६ को उक्त भिडन्तमा भूपेन्द्र ४–० ले पराजित भए। अर्को खेलमा फिलिपिन्सका जोन नोवेल मार्भिनसँग नेपालका रोविन नेपालले पराजय बेहोरे।
यसअघि संगीता सुनार, दीपक श्रेष्ठ, मीनु गुरुङ, विनिता थापा मगर, दीपेश लामा, बुद्ध ग्याम्जो लामा र आशिष दुवाडीले हार बेहोरिसकेका छन्।

पुरुष ५१ केजीमुनिको तौल समूहको अन्तिम १६ को खेलमा रविन थापाले भने जित हात पारेका थिए। रविनले इन्डोनेसियाका दियो कोएबानुलाई ४–१ अंकले पराजित गरेका थिए। रविनले प्रिक्वार्टरफाइनलमा उत्तर कोरियाका चोनयोङ सालाइसँग प्रतिस्पर्धा गर्ने छन्। बक्सिङमा रविनसँगै अब तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...