मुख्य समाचार
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

: भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यस सम्बन्धमा क्यानडासँग जानकारी मागेको छ।


साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशङ्करले मङ्गलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ। आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन्।

भारतले क्यानाडको विश्वसनीय सूचना भएको उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ। भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए। उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो। उनलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो। यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन्।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ।

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको हो। यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधी गतिविधि गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ। प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ। हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए । सोमबार एक विज्ञप्ति ...
— सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले ...
— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा ...
— अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार ...
: रकेट र हवाई आक्रमणबाट सुरु भएको इजरायल-हमास युद्ध अहिले रासायनिक हतियारतर्फ अघि बढेको देखिन्छ। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दावी गरेका छन् कि अक्टुबर ७ गते म्युजिक फेस्टिभलमा आक्रमण गर्ने हमासका आतंककारीहरूलाई रासायनिक हतियार बनाउन निर्देशन दिइएको थियो। इजरायली सेनाका अनुसार किबुट्जको संगीत समारोहमा आक्रमण गर्ने केही आतंककारी मारिएका थिए। मारिएका ती आतंककारीको साथबाट रासायनिक हतियार ...