टी २० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको कीर्तिमानै कीर्तिमान
टी २० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको कीर्तिमानै कीर्तिमान

: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज बिहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो ।


नेपालले बनाएको ३१४ रनको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थयो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बलमा खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे ।

यसै खेलमा दीपेन्द्र सिंह एरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।

कुशल टी२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्ले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।

साथै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले पानामालाई सन् २०२१ मा २०८ रनले पराजित गरेको थियो ।

आ जको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए।

नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...