ई-स्पोर्टसमा नेपाल दोस्रो चरणमा
ई-स्पोर्टसमा नेपाल दोस्रो चरणमा

— हाङचउ एसियाली खेलकुदमा पदक आशा गरेको ई–स्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । चीनको हाङचउ ई–स्पोर्ट्स सेन्टरमा भएको प्रारम्भिक चरणमा नेपाल समूह ‘सी’मा उत्कृष्ट दोस्रो हुँदै अघिल्लो चरणमा पुगेको हो ।

समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम छन् । नेपाल उत्कृष्ट टाइममा दोस्रो भएको हो । समूहको शीर्षस्थानमा दक्षिण कोरिया रह्यो । नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ रह्यो । नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो ।

अब दोस्रो चरणमा नेपालले शुक्रबार प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । पहिलो चरणमा समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, ‘सी’ बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’ बाट इन्डोनेसिया दोस्रो चरणमा पुगेका हुन् । वरीयताका आधारमा चीनसहित चार देश दोस्रो दोस्रो चरणमा पुगेका छन् । समूहबाट सिधै दोस्रो चरण पुग्न नसकेका ११ टोलीबीचको प्रतिस्पर्धाबाट सात टोली अन्तिम १६ मा पुग्नेछन् ।

टेबलटेनिस

नेपालकी नम्बर एक महिला खेलाडी नविता श्रेष्ठ एसियाडअन्तर्गत टेबलटेनिसको अन्तिम ३२ मा पराजित भएकी छन् । उनले प्रिक्वाटरफाइनल पुग्नका लागि भारतकी मनिका वत्रासँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला एकलमा नेपालकी सिक्का सुवाल श्रेष्ठ जापानकी मिउ हिरानोसँग ४–० सेटले हारिन् । सिक्काले ११–७, ११–१, ११–४, ११–५ ले खेल गुमाइन् ।



फेन्सिङ

फेन्सिङमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ । नेपालले सेमिफाइनल प्रवेशका लागि जापानसँग प्रतिस्पर्धा गरेको थियो । स्वर्ण पदक दावेदार जापानले नेपाललाई एकपक्षीय खेलमा ४५–१० स्कोरले हरायो ।

बक्सिङ

बक्सिङमा सहभागी नेपाली खेलाडीको खराब प्रदर्शन जारी नै रह्यो । हाङचउ जिम्न्याजियम हलमा पुरुष ५१ केजी तौल समूहमा नेपालका रविन थापा पराजित भएका छन् । उनी उत्तर कोरियाका सो चोयोङसँग अंकका आधारमा ५–० ले पराजित भए । रविन र चोयोङबीच तीन राउन्डसम्म प्रतिस्पर्धा चल्यो । तीनै चरणमा नेपालका रविनले उत्तर कोरियाली खेलाडीलाई चुनौती दिन सकेनन् । खेलका ५ जर्जले उत्तर कोरियाका चोयोङलाई पुरै १० स्कोर दिएका थिए । नेपालका रविनले सबै जर्जबाट तीन चरणमा ९ स्कोर पाए ।

ब्याडमिन्टन

ब्याडमिन्टनमा नेपालको पुरुष टिम इभेन्टका खेलाडी क्वाटरफाइनल पुगेका छन् । नेपालले पुरुषमा मंगोलियालाई ३–१ सेटले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । नेपालका प्रिन्स दाहाल र सुनील जोशीले जित निकाले भने विष्णु कटुवाल पराजित भए । प्रिन्स र विष्णुको जोडीले डबल्समा भने जित निकालेको थियो । महिला टिममा नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो । नेपालका रसिला महर्जन, नङसल तामाङ पराजित भए भने अनुमाया राईले जित हात पारिन् । डबल्समा रसिला र अनुमायाको जोडी पराजित भयो ।

स्क्वास

स्वाक्समा बिहीबार नेपाली टिम भारतीय टोलीसाग ३–० ले पराजित भएको छ । सिंगल्समा अमृत थापामगरले भारतका अभय सिंहसागको खेल ११–२, ११–४, ११–१ ले गुमाए । अरहन्तकेशर सिंह भारतीय महेश मान्गोनकरसाग ११–२, ११–३, ११–३ ले पराजित भएपछि टोलीले २–० को अग्रता लियो । तेस्रो खेलमा अमिर ब्लोन भने हरिन्दर पाल सिंहसाग ११–१, ११–२, ११–६ ले पराजित भए ।

पौडी

पौडीतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा उनले २९.५३ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुसिया तेस्रो स्थानमा रहे पनि समग्रमा २६औं स्थानमा रहिन् ।

गल्फ

गल्फको व्यक्तिगत स्पर्धामा बिहीबार पार ७२ को वेस्टलेक गल्फ कोर्समा शुक्रबहादुर राईले दुई अन्डर ७० को प्रदर्शन गरे । उनी समग्रमा ३१ औं स्थानमा छन् । नेपालले पदक आस गरेका सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सके । सद्भाव ३८ औं र सुवास ४७ औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८ औं स्थानमा छन् ।

महिलामा सुष्मा सिग्देल १६ ओभर ८८ स्कोरसहित समग्रमा ३६ औं स्थानमा छन् । २० ओभर ९२ खेलेकी कश्मिरा शाह समग्रमा ३८ औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी प्रतिस्पर्धी हुँदा शीर्षस्थानमा रहेकी जापानकी बाबा साकी ७ अन्डर ६५ स्कोर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...