— सर्जियो रामोसको आत्मघाती गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा शुक्रबार सेभियालाई १–० ले हराएको छ । यससँगै क्याटलान क्लब अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा रामोसले ७६ औं मिनेटमा लामिन यमलको प्रहारलाई आफ्नै पोस्टको दिशा दिएका थिए । यो जितपछि बार्सिलोनाको आठ खेलबाट २० अंक भएको छ । उसको पछाडि जिरोना १९ अंकमा दोस्रोमा छ भने रियल १८ अंकमा तेस्रो स्थानमा छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई वर्षयता फेरि स्पेन फर्केका रामोस अहिले सेभियामा छन् । उनी बार्सिलोनाविरुद्ध व्यक्तिगत कीर्तिमानका रूपमा ३४ औं खेल खेलिरहेका छन् ।